टेक शाही ,डोल्पा असार २ – छार्का गाविस वडा नं. ३ छार्का गाउमा रहेको वन गुम्बाबाट मुर्ती लुटेरा हतियार सहित पक्राउ परेका छन । गएको जेष्ठ २८ गते साँझ पौने सात बजेको समयमा वन गुम्बाबाट हतियार धारि ४ जनाको समूहले बुद्धको मुर्ति लुटेका थिए ।
लुटेराको साथबाट बुद्धको मूर्ति १ थान, ५४ नम्बर रहेको चाईनिज पेस्तोल १ थान, सोमा लाग्ने गोली ६ राउण्ड र म्यागेजिन १थान, ७७ नम्बर भएको चाईनिज पेस्तोल १ थान सोमा लाग्ने गोली ४ राउण्ड र म्यागेजिन १ थान, आईफोन मोबाईल १ थान, सामसुगँ ई५ मोबाईल १ थान, सामसुगँ जे ७ मोबाईल १ थान, सामुसुगँ सादा मोबाईल १ थान गरि जम्मा १९ वटा सामाग्रीहरु सहित प्रहरीले पक्राउ गरेको छ ।
गुम्बाबाट लुट्ने लुटेराहरुमा दाङ लक्ष्मीपूर ६ को बर्ष ३३ को किशोर घर्ति मगर, डोल्पा शहरतारा ३ का ३३ बर्षिय दाजा बुढा, रोल्पा जंकाेट ४ का ३७ बर्षिय जय बहादुर घर्ति मगर र रोल्पा कुरेली ५ का ३५ बर्षिय अमर बहादुर रोकाया गरि चार जना रहेका छन । लुटेरा चार जनालाई छार्का गाविसको वडा नँ ८ याले गाँउको खोल्सामा लुकि रहेको अबस्थामा प्रहरिले पक्राउ गरेकाे बताएकाे छ ।
गएको जेष्ठ २८ गते छार्का गाविसको वडा नँ ३ मा रहेको वन गुम्बाबाट नकापधारि हतियार सहितको लुटेरा समूहले गुम्बामा पसेर हतियार देखाएर डर भम्की दिदै गुम्बामा रहेका पुरातात्वविक सम्पत्ति चोरि गरेका थिए ।
चोरी भएको जानाकारि जिल्ला प्रहरि कार्यालय डोल्पामा भए पछि तत्काल जिल्लाबाट प्रहरि निरिक्षकको टोलीलाई परिचालित भएकाे थियाे ।
जिल्ला सदरमुकाम दूनै बाट गएकाे प्रहरी टाेलिले स्थानियको सहयोगमा छार्का गाविसकै वडा नँ ८ याले गाँउको खोल्साबाट लुकी रहेको अबस्थामा जेष्ठ ३० गते नै लुटेरा पक्राउ परेका हुन ।
लुकि राखेको ठाँउमा लुटेरालाई पक्राउ गर्न खोज्दा उल्टै प्रहरिमाथि आक्रमण गर्न खोजे पछि प्रहरिले जावाफि कारवाहीका लागि एक राउण्ड थ्रि नट थ्रि राफईलबाट हवाई फाएर गरेकाे जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि नायव उपरिक्षक सुमित खड्गाले जानकारि दिनु भयो । उनिहरुलाई जिल्ला सदरमुकाम दुनैमा ल्याइएकाे छ । पक्राउ परेका चारै जना लाइ अाज पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएकाे छ ।
चाेरी भएका दुबै घटनामा प्रहरि लुटेरालाई पक्राउ गर्न सफल भएको छ । अघिल्लो पटकको चोरिमा स्थानियहरुको सहयोग र प्रहरिको सक्रियतमा लुटेरा पक्राउ गर्न प्रहरि सफल भएको थियो भने यो पटक पनि स्थानियहरुको सुनचाको आधारमा प्रहरिको अथक प्रयासले लुटेराहरु पक्राउ गर्न सफाल भएको जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएकाे छ ।



0 comments:
Post a Comment