Breaking News
Loading...
Thursday, August 18, 2016

Info Post

डाेल्पा , भाद्र २ , दुनै बजार नजिक रहेकाे खहरे भु भाग जिल्ला कारागार नजिक रहेकाे डाँडाँमा विहान बेलुका स साना बाेटहरूसघ खेलिरहेका उमेरले ४० कटेका जस्ता देखीने, राजनैतिक पार्टीका सक्रिय कार्यक्रता जस्ता देखीने र जिल्लामा नाम चलेका ब्यापारी जस्ता देखीने माेटाे शरीर भएका दुइजना, देखीए भने तपाइ नझुकिनु हाेला । उनि हरू साचीनै एक जना उद्याेग बाणिज्य महासंघ डाेल्पाका अध्यक्ष लालिमान बुढा र एक जना नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य हंश बहादुर शाही नै हुन ।
लालिमान बुढा अध्यक्ष उद्याेग बाणिज्य संघ डाेल्पा
नेकपा एमाले बैकल्पिक केन्दिय सदस्य हंशबहादुुर शाही

पेशा ब्यवशायले नथाकेका , पेशा प्रति उच्च इमानदारिताका साथ काम गरिरहेका, यि दुबै काे राजनैतिक पृष्ठभूमि पनि मिल्दैन तै पनि यि दुबैकाे इच्छा उस्तै रहेकाे पाइन्छ । त्याे इच्छ्या हाे समाज सेवा । सामाजिक कामप्रति इमानदारिताका साथ सघसघै पाइला चाल्नु  । 


यिनिहरूले समाजसेवा प्रति भावना भएका यूवाहरूलाइ समेटेर डाेल्पा जिल्लामा उदारणिय कामकाे थालनि गरेका छन । यिनी हरूकाे साेचाइ भनेकाे डाेल्पा जिल्ला सदरमुकाम दुनैकाे उराठलाग्दाे सदरमुकामलाइ हरीयाली बनाउने सपना सहित दुनै हरीयाली प्रबदन समिती गठन गरेका छन । 

लालिमान बुढा यस समितीका अध्यक्ष हुन भने हंशबहादुर शाही बरिष्ठ सल्लाहकार पदमा काम गर्दै छन । 
यिनिहरू बिहानकाे ब्यायाम र साझकाे ब्यायाम यहि स्थानमा पानी बाेकेरै शरिरलाइ ब्यवस्थापन गर्ने साेचमा छन र गर्छन पनि त्यसै । 
अध्यक्षा लालिमान बुढा, सल्लाहकार हंशबहादुर शाही, सचिव याेगेन्द्र बुढा र नेरेसाे जिल्ला संयाेजक टेकम वली 
 साच्ची नै दुनै बजारमा बाेट विरूवा हुरकाउन नसकिए अझै पछाडि जाने र भावि सन्ततिले यस पुस्तालाइ धिकार्ने उनिहरूकाे भनाइ रहेकाे छ । त्यसैले त उनिहरू यस स्थानमा हुदैन भन्दा भन्दै पनि लागि रहेका छन ।

यिनीहरूकाे साथमा एक दुइ जना युवा तन्नेरीहरू पनि सधै हुन्छन । प्रायजसाे हरीयालिकाे सचिव पदमा कार्यरत तथा डाेल्पा सर्बाङगीन विकास मञ्च काे उर्जा जिल्ला संयाेजक याेगेन्द्र बुढा । समाजिक सेवाकाे भावना भएका, उनकाे अनुहार देख्दा नै समाजमा केही गराै भन्ने जस्ताे देखीने र ब्यवहारमा पनि त्यस्तै ।
तस्विरः याेगेन्द्र बुढा डाेल्पा सर्बाङगीन विकास मञ्च , टेकम वली नेरेसाे डाेल्पा 
यिनिहरू प्रायजसाे विरूवाकाे हेरचाहमा ब्यस्त देखीन्छन । मल, पानी , जनवारकाे हेरचाहकाे लागि एक जना ज्यालादारीमा काम गर्ने मानिस पनि राखेका छन । यति हुदाहुदै पनि विहान बेलुका त यिनिहरूकाे उपस्थिती देखीनै रहन्छ । १५ दिनकाे १ पटक विरूवाकाे उचाइ समेत लिने गरेका छन ।
विरूवाकाे नाप लिदै 


यसै क्रममा म पनि कर्यालय छुट्टिपछि साथिभाइहरू सङ भेटघाटकाे लागि हरियालि समितिले काम गरिरहेकै ठाउमा पुग्छु र पुगे पनि । साथिहरूसङ फाेटाे लिइ चिनारी देखाउने कुरामा सहमत पनि गराए । केही तस्विर खिचेर मलाइ साझेदारी गर्न ब्यापारी अाेम निर्माणा सेवा एण्ड सप्लायर्सका संचालक अाेमबहादुर रानालाइ अाग्रह गरे । तर उहाले हामिहरूले काम गरिरहेकाे अवस्थाकाे फाेटाे केहि खिची सक्नु भएकाे रहेछ । 










अाजकाे साझकाे कामकाे समय अवधी स्थगित गर्नु भन्दा पहिले सामुहिक फेाटाे लिने विषयमा सहमत भयाे र सबैभन्दा राम्राे सघ हुर्केकाे १ वर्ष अगाडि राेपेकाे विरूवाकाे नजिक जम्मा भर्र सामुहिक फाेटाे लिने काम भयाे । फाेटाेलिइ रहदा अाफ्नाे उपलब्धीलाइ देखेर दुनै हरियालीका समिती खुसी देखीन्थे । फाेटाे यस्ता थियाे । 


सामुहिक प्रयासमा डाेल्पा दुनैका जुजारू युवा यूवतिहरूले पारिश्रमिक बिना गत वर्ष देखी याे अभियानकाे थालनि गरेकेा जनाएका छन । 
तस्विर फेसबुकबाटः  मनु हिराचन, पत्रकार टेक शाही , दिलु केसी लगाएत अन्य हरीयालिका सदस्यहरू 
दुनै हरियालिकाे लागि उठेकाे सहयाेगि हातहरू  


0 comments: