Breaking News
Loading...
Thursday, June 23, 2016

Info Post
टेक शाही ,डोल्पा  असार, ८  – डोल्पाको ल्हाँ गाविसको फुलचिगँ वडा नँ ६ का छारेरोगका बिरामी माने रोकायाको उद्धार गरिएको छ । बिगत ६ बर्ष देखि छारेरोगले ग्रस्त १३ बर्षिय माने रोकायाको काठमाण्डौको कपनमा रहेको करुणालयमा उपचराको लागि भर्ना गरिएको छ ।
उद्दार गरिएका छारे राेगले ग्रसित टुहुरा माने 

 नागरिक समाज डोल्पाको यातायात खर्चको सहयोगमा उनलाई दुनैबाट काठमाण्डौको कपनमा रहेको करुणालयमा उपचारको लागि लगिएको थियो । आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने भन्ने मुल नाराका साथ नागरिक समाज डोल्पाले माने रोकायाको लागि दुनैबाट काठमाण्डौ सम्मको हवाई जहाज भाडा कुल १७ हजार २ सय ९० रुपैया नगद सहयोग गरेको नागरिक समाज डोल्पाले जानकारि दिएको छ ।
टुहुरा मानेका साथ मा समाजसेवि अाेम राेकामगर जुफाल एयरपाेट मा विदाइ गर्दै 


मानेको उपचारको लागि डोल्पा ह्यूमिनिट्रेन सोसाईटिका प्रोप्राईटर ओम रोका मगरले पनि फेसबुक मार्फत उनको उद्धारको लागि पहल पहल गरेका थिए । रोकाकाे फेसबुक स्टाटस लेखी सहयाेग गर्न अनुराेध गरे पछि  मानेको लागि काठमाण्डौको कपनमा रहेको करुणालयमा उनको उपचारहुने डोल्पा सोसाईटिका सँयोजक पेमावाङ्गजेन डोल्पाले बताए पछि  मानेको उपचार हुने भएको थियो । यहि असार ५ गते जुफालबाट ओम रोकाले बिदाई गरि पठाए भने पेमावाङ्गजेन डोल्पाले आज मानेलाई करुणालयमा राखेर उपचार सूरु भएको जानकारि दिएका छन ।

 मानेको तिन बर्ष उपचार गर्ने र त्यस पछि मानेको बिचार  अनुसार पढन पनि पाउने पेमावाङ्गजेन डोल्पाले बताए ।  ओम रोका मगरको डोल्पा ह्यूमिनिट्रेन सोसाईटिले फेसबुक मार्फत नै यस्ता टुहुराको खोजी र उद्धार गर्ने गरेको तर यो पटक नागारिक समाज डोल्पासँगको सहकार्यमा मानेको उद्धार गर्न सफल भएकोमा जिवनमा सबै भन्दा पुण्यको काम गरेकामा खुसि लागेको ओम रोकामगरले बताए ।

काे हुन माने

बुबा मनचन्द्र रोकाया र आमा बिसु रोकायाको कोखबाट जन्म पाएका माने बिगत लामो समय देखि छारेरोगका बिरामी हुन । माने बर्ष दिनको नहुदै उनका बुबा मनचन्द्रको असामयिक निधन भयाे । बुबाकाे निधन पछि उनलाई आमाले लालन पालन गरेकि थिइन तर पछि आमाले पनि अर्को बिहे  गरिन । अामाकाे अर्काे विवाह पछि माने आफन्तको सहारामा दैनिकि गूजारि रहेका थिए । कहिले आफन्तकोमा त कहिले बेवारिसे अबस्थामा जिवन गुजारेका मानेको अबस्था छारेरोगका कारण दिनप्रतिदिन स्वास्थ्य अबस्था कम्जोर हुदै गएको थियो ।

दैनिक अस्वस्थ र टुुहुराको जिवन बिताई रहेका मानेले कति दिन खान खाएर बिताए भने कति दिनहरु भिर,पहरा र ओडारमा बिताएका थिए । छारेरोगका कारण उनि तिन बर्ष पहिले आगोमा पोलिएर उनको खुट्ट पोलियो र उनि फेरि अर्को पिडामा फसे आगोले पोलेर खुट्टा नै घाईते भए पछि उनलाई जिवन चलाउन झनै कठिन भयो र भौतारिदै सदरमुकाम दुनैमा आई पुगे  । जिल्ला अस्पतालका तत्कालिन डाक्टर बिदुर भण्डारि र स्टाफर्नसहरुको सहयोगमा झण्डै ४ महिना उनलाई निशुल्क उपचार गरियो तर डक्टरको सरुवा र नर्सहरुको कार्य ब्यस्तताको कारण उनलाई त्याँहाबाट पूर्ण उपचार हुन सकेन । निरन्तर हेरचाह गर्ने आफन्त नभए पछि सधै भरि उस्लाई जिल्ला अस्पतालका कर्मचारिले उपचार गरि रहने अबस्था नआएकाे हाे ।  उपचार पुहा हुन नसकेपछि माने फेरि पुरानै अबस्थामा दर्दनाक जिवन शैलि बिताउदै आएका थिए ।

डोल्पा नागरिक समाज, डोल्पा ह्यूमिनिट्रेन सोसाईटि र डोल्पा सोसाईटिको सँयूक्त पहलमा १३ बर्षिय माने रोकायको करुणालयमा उपचार भइरहेकेा छ । मानेको पूर्ण रुपमा उपचार नहुन्जेल सम्म डोल्पा सोसाईटिका सँयोजक पेमावाङ्गजेन डोल्पा र ओम मगरले अभिभाबकको जिम्मेवारि लिएका छन । आसा छ मानेको उपचार सफल हुने र नयाँ जिवनको सूरुवात गर्ने छन । समाजिक अभियान्ताकाे  प्रयास निरन्तर जारि रहने छ ।

0 comments: