Breaking News
Loading...
Sunday, July 23, 2017

Info Post
टेक शाही 
श्रावण ०८ डोल्पा– डोल्पाको दुनैमा भेरी नदिमा फसेका एक यूवकको प्रहरिले सकुशल उद्धार गरेको छ ।उदयपूर जिल्ला सिस्पूर वडा नँ ९ स्थायी घर भइ हाल डोल्पाको दुनैमा बस्दै आएका बर्ष २० का पबिन मगरको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारि दिएको छ ।

आइतबार बेलुकी ६ बजे पछि सदरमुकामको रहेको होटेल मरमर गार्डेनको नजिकैबाट टापुमा रहेको काठ निकाल्न गएको बेला उनि भेरी नदिमा फसेको स्थानीयले बताए । भेरीको बिचमा भएको काठ निकालेर बिक्री गर्ने मनासायले श्रावणमा उर्लेको भेरिनदिमा गएको उद्धार गरिएका पबिनले बताए ।

“उनले भने काम गरेर पैसा कमाउन डोल्पा आएको हु,भेरीमा भएको काठ निकालेर पैसाको लोभमा गए तर फर्कन सकिन ? त्यस पछि साथिहरुलाइ बचाउन भन्दै कराए । तर समयमानै सफल उद्दार गरी प्रहरीले मलाइ बचायो”उनले खुसिका आँसु पनि झारे ।

“श्रावणमा उर्लेको भेरिमा काठ निकाल्न गएको साथि फर्कन सकेन उद्धार गरिदिनु पर्यो भन्दै पबिनका साथिहरु प्रहरीकोमा पुगेका थिए ,प्रहरीले जानकारि पाए पछि तत्काल उद्धार टोली लाइफ ज्याकेट र अन्य उद्धारका समाग्रिहरु लिएर भेरीमा पुगको जिल्ला प्रहरि कार्यालयका प्रहिर नायव उपरिक्षक सुमित खड्गाले भने,निकै मेहनत पछि पविनलाई सकुशल बचाउन सकियो” उनले थपे ।
उद्दारमा नेपाल रेडक्रस साेसाइटीको टियूवले सहयोग गर्यो
ठुलो सँख्यामा भिड जम्मा भयो प्रहरि र स्थानीय जम्मा भए जिल्लामा प्रहरीकोमा लाइफ ज्याकेट र डोरि मात्र थियो ।
तत्काल नेपाल रेडक्रस साेसाइटी डाेल्पा शाखामा फोन गरि टायरको ट्यूब मगाइर उद्धार गर्न सजिलो भएको निमित्त प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले बताए । बुढाका अनुसार रेडक्रसले उद्धारका लागि राखेको टिय्ूबले महत्वपूर्ण काम गरेकोले नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखालाइ धन्यबाद दिदै अब जिल्ला प्रहरि कार्यालयमा पनि राख्नु पर्ने बताए ।
पैसाको खोजिमा गएर भेरीमा फसेका एक यूवकको सकुशल उद्धार गर्न पाउदा जिल्ला प्रहरि कार्यालय डोल्पाले खुसि ब्यक्त गरेको छ ।
मृत्यूको मुखमा फसेका युवालाइ प्रहरी र नेपाल रेडक्रस सोसाइटि जिल्ला साखा डोल्पाले उद्धारको लागि अतुलनिय भुमिका खेलेको भन्दै धन्यबाद दिएका छन । उद्धार स्थानमा भेला भएका स्थानीयले भने आगामि दिनमा पनि थप उद्धारका समाग्रिहरुको ब्यवस्था गर्नु पर्नेमा जोड दिए ।

0 comments: