Breaking News
Loading...
Thursday, May 26, 2016

Info Post
१३-जेठ /  रोल्पाका अधिकांश विद्यालयहरुमा समयमै पाठ्यपुस्तक नपुगेको भन्दै नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तीकारीले राेल्पाकाे सदरमुकाम लिवाङमा विरोध -याली गरेको छ ।

पढाइ सुरु भएको झन्डै २ महिना वितिसक्दा सम्म पनि रोल्पाका एउटा पनि विद्यालयहरुमा पुर्णरुपमा पाठ्पुस्तक अझै पुगेको छैन ।
र्यालीले लिवाङ बजार परिक्रमा गरि काेण सभामा परिणत भएकाे थियाे ।  विरोध काेण सभालाई सम्बोधन गर्दै अखिल क्रान्तीकारीका केन्दीय सदस्य वीर बहादुर घर्ती हावाले पुर्णरुपमा पाठ्यपुस्तक पाउने विद्यार्थीको मौलिक अधिकार भएको भए पनि हाल सम्म पाठ्यपुस्तक पाउने अधिकारबाट वञ्चीत भएको र रोल्पाका कुनै पनि विद्यालयमा पुर्णरुपमा पाठ्पुस्तक नपुगेको बताए ।
उनले भने रोल्पामा मात्र होइन नेपाल भरका विद्यर्थीहरुले पुर्णरुपमा पाठ्यापुस्तक पाउनु पर्ने बताए । जिल्ला प्रशासन कार्यालय रोल्पा, जिल्ला शिक्षा कार्यालय रोल्पा र रोल्पामा क्रियाशिल राजनैतिक दलको ध्यानाआकर्षण काे लागि बिराेध र्यालीकाे अायाेजना गरेकेा अखिल क्रान्तिकारी राेल्पाले जनाएकाे छ ।

0 comments: