Breaking News
Loading...
Thursday, May 12, 2016

Info Post
बैशाख ३०,  रोल्पा । रोल्पाको पशिचम क्षेत्रमा आज भिषण वर्षा भएकोछ । बिहिबार बेलुकीपख परेको भिषण बर्षाका कारण अाएकाे बाढी  रोल्पाको जिनावाङ सुखाओडार बजार पूरै डुबाउनुकाे साथै केही पसलहरू समेत बगाएकाे खवर छ । 

जिनावाङ गाविसकाे सुखाओडार बजारमा पार्किंग गरेर राखेका एउटा बस र एउटा ट्क्याटर बगाएको छ भने बजारका सम्पूर्ण घरहरुमा ठुलो क्षति भएको स्थानिय बासी तथा अाैषधी पसल ब्यवसाही दिनेश राज डिसीले जानकारी दिएका दिए ।

सुखावडार वजार खाेलाकाे किनारमा रहेकाे र वजार नजिक रहेको खोलामा अाएकाे बाढी वजारमा पसेर क्षेति पर्याएकाे हाे । जिनावाङमा रहेका केही कृषि फार्महरू समेत बगाएकाे खवर छ । 


स्थानिय बासिका अनुसार आधा घण्टा परेको पानीकाे कारणा दिउसाे भण्डै साढे ४ बजे तिर बाढी अाएकाे थियाे । बाढी अाउदा एक्कासी अाएकाे र सल्यान जिल्लाकाे बाफुखाेला देखीनै क्षेति गर्दै अाएकाे ले  ठुलो क्षति गरेको हुन सक्ने उनले जानकारी दिए  । बाढीका कारण खेतमा कम गर्न गएका २ जना र गोठालो गएका एकजनालाई अहिले सम्म सम्पर्कमा नअाएकाे  जनाइएकाे छ ।

 जिनाबाङमा हल्का वर्षा भएपनि सल्यान जिल्लाको बफुखोला र रोल्पाको पाखापानीमा परेको भिषण बर्षाका कारणा  बाढी आउदा सुखाओडार बजारमा क्षति पुर्याएको डिसीले जानकारी  दिए ।बाढी अाउदा धेरै समय अगाडि ठुलाे अावजमा पट्कीदै अाएकाे समेत जानकारी दिए । 

यस क्षेत्रमा भयकाे घटना बारे साेधपुछका लागि गाविस सचिब कमल राज वलीलाइ सम्पर्क गर्दा घटना साझकाे समयमा भएकाे र कल्पनै नगरेकाे अवस्थामा एक्कासी ठुलाे बाढी अाएकाेले क्षेती पनि धेरै भएकाे हुन सक्ने बताए । हराइ रहेकाकाे खाेजि तथा विस्तापितहरूकालागि सहयाेग गर्न सबै निकाएलाइ समेत अनुराेध गर्ने बताए । 

घटना साझपखा भएकाे कारण  क्षतिको एकिन नभएकाे र  विवरण आउन बाँकी रहेकाे वली ले जानकारी  दिए । 


0 comments: