चैत १६, रोल्पा । रोल्पाको पशिचमी गाबिस जिनाबाङको सुखाओडारमा आजदेखि बस नियमित संचालनमा आएको छ ।सडक फराकिलो बनाउने क्रममा बाटो बिग्रेकाले झन्डै ६ महिनाको अन्तरालपछी आज (मंगलबार) देखि नियमित बस संचालनमा आएको हाे ।
बर्षादकाे समयमा बिग्रिएकाे बाटाे मर्मत नभएकाे र सडक बिस्तारकाेलागि संचालित याेजना पनि नाकाबन्दीको कारण देखाउदै झन्डै ३ महिना सडक मर्मतकाे काम रोकिएकाले बस दाङबाट सल्यान र रोल्पाको सिमाना झ्याम बजारसम्म मात्रै संचालनमा रहेकाे थियो ।
सडक विस्तार याेजाकाकाे काम चलिरहदा हाल बाटाे फराकिलो भएकाले बस चल्नलाइ कुनै समस्या नहुने र आजदेखि नियमित बस संचालन अाउने सल्यान रुकुम यातायात ब्यबसायी समितिका कर्मचारी टेकम चन्दले जानकारी दिए ।
बस संचालनमा अाएपनि सडक फराकिलो बनाउने काम भने निरन्तर चलिरहने छ ।
यस अघि झन्डै १२ किमी माेटरबाटाे संचालनमा नअाउदा जिनाबाङ राँक, लगाएत पाखापानी, अाेत, र तालावाङ गाविसका केही स्थानमा स्थानियबासीहरू अढाइ घण्टा पैदल बाटाे हिडेर राेल्पा सल्यानकाे सिमाना बजार पाथीहाल्ना र झ्याम सम्म हिड्न बाध्य थिए ।
अहिले बस जिनावाङकाे सुखाओडार सम्म पुनःसंचालनमा अाएपछि जिनाबाङ राँक, लगाएत पाखापानी, अाेत, र तालावाङ केही स्थाननियहरूलाइ सुबिधा पुग्ने स्थानिबासी बताउछन ।
झ्याम देखि सुखाओडारसम्म ६ लेनको सडक बनाउन सुरु गरिएसँगै ३ ओटासम्म बस छिर्न सक्ने बनाउने हल्ला चलिअाएकाे भएता पनि त्यस अनुरूपकाे माेटरबाटाे निर्माण हुन नसकेकाे स्थानिय बासिकाे गुनासाे रहेकाे छ ।
हाल यस सडकमा खोलानालामा कल्बट बनाउने र सोलीङको काम भने निरन्तर चलिरहेकाे छ ।
राेल्पा जिनावाङकालागि बस दाङ तुल्सिपुरबाट सल्यानकाे कपुरकोट, श्रीनगर, मोख्ला, दमाचौर, रोल्पा र सल्यानकाे सिमाना बजार झ्याम हुँदै जिनाबाङ सुखाओडार संचालनमा रहदै अाएकाे छ ।
स्मरहनिय रहाेस यस स्थानमा बिगतका समयमा जलजला यातायात ब्यवसायिले संचालनमा ल्याउने भनिएतापनि त्यसाे भने हुन सकेकाे छैन ।बिभिन्न समयमा समितीका विचमा विवाद देखिने गरेकाे भएता पनि यस रूटमा हाल राप्ति यातायात ब्यवसाय समिती दाङ र सल्यानरूकुम यातायात ब्यवसायी समिती सल्यानले सेवा दिदै अाइरहेका छन भने कर्मचारी सल्यानरूकुम यातायात ब्यवसायी समिती सल्यानले खटाएकाे छ ।
यस सडक खण्ड करिब ५ सय ५० रूपैया सम्म भाडा लगिदै अाएकाे छ ।
