Breaking News
Loading...
Friday, June 24, 2016

Info Post

असार, १० डोल्पा,
उपल्लो डोल्पाको सालदाङ गाविसमा यार्सा सुरक्षाका लागि गएका एक प्रहरी जवानको मृत्यू भएकोछ । सदरमुकाम देखी करिव ५ दिनको पैदल दुरीमा पर्ने साल्दाङ् ५ स्थित शेगुम्बा सुरक्षा अस्थायी प्रहरी चौकीमा कार्यतर प्रहरी जवानको एक्कासि दायाँ खुट्टा र बायाँ हात नचल्ने भएपछि उपचारका लागि सदरमुकाम तर्फ  ल्याउदै गर्दा बुधबार बेलुकी मृत्यू भएको थियो ।

डोल्पाको हिमालि क्षेत्रमा बढ्दै गएको चिसो र तातो ठाउबाट हिमालतिर जादा प्रहरि जवानलाई एकासि लेक लागेको थियो । लेक लागेर मृत्यू हुनेमा शेगुम्बा सुरक्षा अस्थायी प्रहरी चौकीका जवान जनक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यायल डोल्पाले जनाएको छ ।

दुर्गम जिल्ला त्यसमा पनि अत्यन्त कठिन भूगोल रहेको डोल्पा सालदाङ गाविसमा प्रतिकुल मौसमका कारण हेलिकोप्टरबाट समेत उद्धार गर्न कठिनाई र ढिलाई भएको कारण उनको मृत्यू भएको स्वीकार गर्दै उनलो शव गृह जिल्ला दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए ।

मृतक प्रहरी जवानको शव हेलिकप्टरबाट मृतकको गृह जिल्ला दाङ लगिएको छ । जिल्ला सदरमुकाम दुनै बाट हेलिकप्टरमा शव लैजानु अगाडि जिल्ला प्रहरी कार्यालयको एक टुकुडिले सलामी अर्पण गरेको थियो ।


  बिकट हिमाली भूगोलका कारण माथिल्लो डोल्पाको जनजीवन निकै कठिन रहेको छ । त्यहांको हावापानीमा हुर्केका स्थानीयहरुलाइ यसले खासै असर नगरे पनि अन्य भेग विशेषगरि तराई बाट माथि चढ्नेहरुलाई लेक लाग्ने र ज्यानै समेत जाने गरेको जिल्ला अस्पताल डोल्पाका डा. श्रीकान्त अग्रवालले बताए । उनका आनुसार लेक लागे पछि अक्सिजनको कमि भएको महसुस भई फोक्सोमा असर गर्छ र ज्यानै समेत जान्छ । लेक लाग्ने समस्याले डोल्पामा प्रत्यक वर्षमा ५ जना भन्दा बढिको ज्यान जाने  गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

0 comments: