Breaking News
Loading...
Thursday, May 12, 2016

Info Post
         बैशाख ३१,  रोल्पा । रोल्पाको पशिचम क्षेत्रमा  भिषण वर्षा सघै अाएकाे बाढीका कारण जिनावाङ १र२ काे सिमानामा रहेकाे सुकाअाेढार बजार पुरै डुबानमा पर्याे । खाेलाका किनारमा रहेका केही भवनहरू भत्काउदै स्थानिए  एक जनाकाे ज्यान समेत  लिएकोछ । मृत्यू हुनेमा जिनावाङ १ निवासी का ७० वर्षीय बृद्ध टेकबहादुर घर्तीको रहेको प्रहरीले जनाएको छ । उनिकाे लास अाज विहान झण्डै ३ किमी तल अाेत गाविसकाे उत्रीबाङमा खाेलाले किनारा लगाएकाे अवस्थामा फेला पारेकाे स्थानियले बताए । 


       बिहिबार बेलुकीपख परेको भिषण बर्षाका कारण अाएकाे बाढी  रोल्पाको जिनावाङ सुखाओडार बजार पूरै डुबाउनुकाे साथै खाेलाकाे किनारमा रहेका पसलहरू  समेत बगादा लाखाै धनजनकाे क्षेति खवर छ । क्षतीकाे एकिन भने भइसकेकाे छैन । 


      स्थानिय बासिका अनुसार आधा घण्टा परेको पानीकाे कारणा दिउसाे भण्डै साढे ४ बजे तिर बाढी अाएकाे थियाे । बाढी अाउदा एक्कासी अाएकाे र सल्यान जिल्लाकाे बाफुखाेला देखीनै क्षेति गर्दै अाएकाे ले  ठुलो क्षति गरेको हुन सक्ने स्थानियले जानकारी दिए  । बाढीका कारण खेतमा कम गर्न गएका २ जना सम्पर्कमा अाएका छन भने  गोठालो गएका एकजनालाई मृत अवस्थामा भेटीएकाे  जनाइएकाे छ ।



     जिनावाङ गाविसकाे सुखाओडार बजारमा पार्किंग गरेर राखेका एउटा बस र एउटा ट्क्याटर बगाएको छ भने बजारका सम्पूर्ण घरहरुमा ठुलो क्षति भएको स्थानिय बासी तथा अाैषधी पसल ब्यवसाही दिनेश राज डिसीले जानकारी दिएका दिए ।

      सुखावडार वजार खाेलाकाे किनारमा रहेकाे र वजार नजिक रहेको खोलामा अाएकाे बाढी वजारमा पसेर क्षेति पर्याएकाे हाे । जिनावाङमा रहेका केही कृषि फार्महरू समेत बगाएकाे खवर छ । खाेलाकाे जेाखीमलाइ समेत ख्याल नगरी बनाइएका बंगुर फर्मले यसरी क्षती माेलेका हुन ।


 जिनाबाङमा हल्का वर्षा भएपनि सल्यान जिल्लाको बफुखोला र रोल्पाको पाखापानीमा परेको भिषण बर्षाका कारणा  बाढी आउदा सुखाओडार बजारमा क्षति पुर्याएको डिसीले जानकारी  दिए ।बाढी अाउदा केहि समय अगाडि ठुलाे अावजमा पट्कीदै अाएकाे समेत जानकारी दिए । 

यस क्षेत्रमा भयकाे घटना बारे साेधपुछका लागि गाविस सचिब कमल राज वलीलाइ सम्पर्क गर्दा घटना साझकाे समयमा भएकाे र कल्पनै नगरेकाे अवस्थामा एक्कासी ठुलाे बाढी अाएकाेले क्षेती पनि धेरै भएकाे हुन सक्ने बताए । हराइ रहेकाकाे खाेजि तथा विस्तापितहरूकालागि सहयाेग गर्न सबै निकाएलाइ समेत अनुराेध गर्ने बताए । 


घटना साझपखा भएकाे कारण  क्षतिको एकिन नभएकाे अहिले सबर्रदलिय बैठक बसिरहेकाे छ । क्षेतिकाे विवरण संकलन तथा प्रहरी मुचुल्का तयार पार्ने र विवरण संकलन गर्ने काम भैरहेकाे गा.वि.स सचिव कमल राज वली ले जानकारी  दिए । 

0 comments: