Breaking News
Loading...
Saturday, November 12, 2016

Info Post

टेक शाही 
कार्तिक २७ डोल्पा– उर्जा मन्त्री जर्नादन शर्माले काठमाण्डौ देखि डोल्पा सम्म लोडसेडिगँको अन्तय गर्ने प्रतिबद्धता जनाएका छन । नेकपा माओबादि केन्द्र डोल्पाको पार्टीकाे एकता भेलालाइ उद्धघाटन गर्दै मन्त्रि शर्माले यस्ताे प्रतिबद्धता ब्यक्त गरेका हुन । 


जलस्रोतको धनि मानिने डोल्पा जिल्लामा पनि लोडसेडिगँ भएको देख्दा अत्यन्त दुख लागेको र तत्काल जिल्लामा उत्पादित बिद्युतलाइ मर्मत र थप क्षमता बिस्तार गरि लोडसेडिगँ हटाउनुका साथै राष्ट्रिय प्रशारण लाइन जाजरकोटबाट दुइ बर्ष भित्रमा डोल्पा जेडिने र जिल्ला भित्रका थुप्रै योजनाहरुलाइ बजेटको ब्यवस्था गर्न निर्माण कार्य थालिने जानकारी गराउनु भयाे ।
 अब हरेक नागरिकले उर्जामा शेयर हाल्न पाउने र शेयर लगानि गरेमा आर्थिक रुपमा जनता अग्र स्थानमा आए पछि बिकासमा ठुलो प्रतिफल प्राप्त गर्ने मन्त्री शर्माकाे भनाइ रहेकाे छ । 

तिब्तसँग सिमाना जोडिएको डोल्पामा मरिम्ला धो सडक खण्डको तत्काल निर्माण कार्य सम्पन्न गराइ छिमेकि मुलुकसँग मध्यपश्चिमको सुख्खा बन्र्दगाहाको रुपमा नाका खोलि धो मा ब्यापारिक केन्द्रको स्थापना गर्ने, त्यसै गरि भेरि करिडोरको बाँकि ४० किलोमिटर सडक खण्डलाइ नेपाली सेनाको थप बलको प्रयोग गरि राष्ट्रिय राजर्मागको लागि पहल तत्काल गर्ने र डोल्पाको बिकासमा पहिलो प्राथिमिकातामा राख्ने जस्ता उहाकाे धारणा रहेकाे छ  । आफु छिमेकीको नातालेपनी उर्जा,यातायात ,सन्चार ,शिक्षा,स्वस्थमा लागाएतका विभिन्न क्षेत्रमा डोल्पाको विकासको लागि पर्ने मन्त्रि शर्माकाे प्रतिवद्धता छ 


एक फरक प्रशगँमा सरकारले सय दिनमा लोक प्रिय काम गरेको र सँबिधानको कार्यान्वनको प्रकृया अगाडि बढि रहेको छ। सँबिधानको कार्यान्वयन,भुकम्पपछिको पुन निमार्ण र सथानिय निकायको निर्वाचन सरकारको मुख्य एजेण्डा रहेकोले तिव्र रुपमा सरकारले काम गरि रहेको उहाकाे भनाइछ । सँबिधान सँसोधनको सवालमा सबै राजनितिक दलको सहमतिमा सँबिधानको सँसोधन लगायत कार्यान्वयन हुने मन्त्रि  शर्माले बिश्वस्त रहेकाे बताउनु भयो 



उर्जामन्त्रि शर्मा भोली राजधानि फर्कने कार्यक्रम रहेको नेकपा माओबादि केन्द्र जिल्ला कार्य समिति डोल्पाले जानकारि दिएको छ ।

0 comments: