Breaking News
Loading...
Tuesday, August 16, 2016

Info Post

टेकम वली
श्रावण ३२ डोल्पा, यार्सा ब्यापारको समयमा डोल्पा र चिनको सिमानामा सुरक्षाको लागि खटिएका नेपाल प्रहरीका एक जवान चिसोले गर्दा मृतुभएको छ ।

प्यूठान जिल्ला लिखु गाविस वडा नं ४ घर भएका बर्ष २६ का प्रहरि जवान दल बहादुर थापाको श्रावण २९ गते बेलुका देखि चिसोले गर्दा एक्कासी खोकी लागेको थियो । उपचारका लागि स्थानिय  तिन्जे स्वस्थ चौकीमा उपचारथ रहेकै अवस्थामा उनको निधन भएको हो ।

जिल्ला प्रहरि कार्यलय डोल्पामा दर्वन्दी रहेका नेपाल प्रहरीका जवान दल बहादुर थापा केहि दिन देखि डोल्पा र चाइनाको बोर्डरमा चल्ने यार्सा व्यापार मेलाको सुरक्षाको लागी उपल्लो डोल्पाको तिन्जे गाविसमा खटिएका थिए ।

मृतको शव पोष्टमाटमको लागि श्रावण ३२ गते जिल्ला अस्पताल  दुनै ल्याइएको थियो । मृतक प्रहरी जवानको शव हेलिकप्टरबाट मृतकको गृह जिल्ला पूठान लगिएको छ । जिल्ला सदरमुकाम दुनै बाट हेलिकप्टरमा शव लैजानु अगाडि जिल्ला प्रहरी कार्यालय डेल्पाको एक टुकुडिले सलामी अर्पण गरेको थियो ।
 मौसम खरावीको कारणले हेलिकप्टर जान नसकेको कारण उनको शव समयमै ल्याउन नसकिएको जिल्ला प्रहरि कार्यलय डोल्पाका प्रमुख प्रहरी उपरिक्षक सुमित खड्काले जानकारि दिनुभयो ।

यस अघि असार १० उपल्लो डोल्पाको सालदाङ गाविसमा रहेके अस्थाइ अस्थाइ पोष्टमा कार्यरत दाङ घर भएका जनक बुढाको लेक लागेर मृत्यू भएको थियो । 

0 comments: