Breaking News
Loading...
Thursday, July 28, 2016

Info Post

टेक शाही 
श्रावण १३ डोल्पा – जँगलि बिषालु च्याउ खाएर डाेल्पा माझफाल गाविस वडा नँ २ लाहारा घर भएका एकै घरका ४ जना बिरामी परेका छन । श्रावण १३ गते बिहान १० बजे बिहानको खाना सघै  जँगलबाट ल्याएको  च्याउ खाएका थिए । 


च्याउ खानेमा एकै घरका ६ जना मध्य ४ जना बिरामी परेका हुन । च्याउ सेबन गरि बिरामी पर्नेहरुमा ४८ बर्षिय बुवा नर बहादुर रोकाया, ४५ बर्षिय आमा जना रोकाया,१५ बर्षे माईलो छोरा आनन्द रोकाया र ८ बर्षिय कान्छो छोरा लक्ष्मिकान्त रोकाया रहेको स्थानियबासि तथा उपचारकाे लागि जिल्ला अस्पताल ल्याइपुर्याउने बिष्णु बहादुर रोकायाले जानकारि दिए । 

च्याउ खाएर विरामी भएका चारै जनालाइ स्थानिय बासिकाे सहयाेगमा जिल्ला अस्पताल दुनै ल्याइएकाे छ । जिल्ला अस्पतालकाे इमरजेन्सि कक्षमा  प्रयाप्त बेड नहुदा विरामीलाइ भुइमा नै सुताएर उपचार गराइदै छ भने एक जनालाइ कुर्सीमा सुताएर उपचार गरिदै छ । जिल्लामा रहेकाे एक मात्र अस्पतालकाे इमरजेन्सि कक्षमा बेड संख्या दुइ रहेकेाछ । 



बिरामी मध्य आमा र बाबु अहिले सम्म पनि बेहोस अबस्थामा छन भने दुईवटा छोराहरु हेासमा नै रहेकाे उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।

 बिषालु च्याउ खाएकाे कम्तीमा पनि चार घण्टामा उपचार गरिनु पर्ने र धेरै ढिला भएको कारण आमा र बाबुको अबस्था गम्भिर रहेको उपचारमा संलग्न डाक्टर श्रीकान्त अग्रवालले बताए । बिषालु च्याउ खाए पछि बिरामीलाई एमिनिटा ईस्पीस हुने र २४ घण्टा सम्म केहि भन्न नसकिने र सक्दाे उपचार उपचार गर्ने तर अबस्था भने गम्भीर रहेको डाक्टर अग्रवालले जानकारी दिए । 

बाबु र आमा जँगलमा गोठालो गएकाे समयमा जंगलबाट च्याउ ल्याएका थिए । च्याउ साँझ ल्याइएकाे भएता पनि पकाएर खाने काम भने विहान गरेका थिए । पकाएर तरकारीकाे रूपमा खाएकाे च्याउ खाएका २ छोरा र आमा बाबु बिरामी भएका हुन । बिषालु च्याउ खाएको केहि समयमा नै कान्छो छोराले रिगटा लागेको भन्दै उल्टी गर्न लागेका थिए । तरकारीकाे रूपमा प्रयाेग गरिएकाे कालो बिाषलु च्याउ खाएर बिरामी भएकाे थाहा पाएपछि गाँउलेलाइ बोलाई उपचारको लागि जिल्ला अस्पतालमा ल्याएको भाई टेक बहादुर रोकायाले बताए ।


बिषालु च्याउ खाएका चारै जना बेहोस अबस्थामा  फेला पारे लगतै गाँउका महिला,पूरुष सबै मिलेर जुफाल सम्म बोकेर ल्याएको र त्याहाँबाट जिप मार्फत जिल्ला अस्पताल डोल्पामा उपचारको लागि ल्याइएकाे जिल्ला अस्पताल सम्म अाएका   स्थानिय बताउछन । 

0 comments: