Breaking News
Loading...
Wednesday, August 31, 2016

Info Post
भदौ १५, रोल्पा । 
गाँउपालिकाको केन्द्र ६ घण्टा पैदल दुरीमा लाग्ने स्थान घतीगाँउ बनाएको बिरोधमा रोल्पा जिनाबाङका स्थानीयले गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । 




भौगोलिक बिघटतालाई नहेरेर नक्साको भरमा कोरिएको गाँउपालिका केन्द्रको बिरोध गर्दै गाबिस कार्यालयबाट हुने सम्पूण सेबा सुबिधा बन्द गरेको कुल बहादुर के.सी.ले जानकारी दिए ।


जिनाबाङ, घर्तीगाँउ, तालाबाङ, राँक,ओत, पाखापानी मिलाए गाँउपालिका बनाउदा केन्द्र ओतको राङजीबाङ बनाउनु पर्ने र जिनाबाङ, राँक, ओत, पाखापानी मिलाउदा जिनाबाङ काे सुकाअाेढारमा  बनाउनु पर्ने आफुहरुको माग रहेको उनीहरुको तर्क छ ।
यस क्षेत्रकाे लागि धेरैमा ४ वटा गाबिस मिलाएर गाउपालिका बनाउदा उत्तम हुने भएकाले धेरै गाबिसहरु मिलाएर बनाइएको गाउपालिका हाललाइ सिफारिस गरिएकाे निर्णय स्वीकार नहुने जिनाबाङका स्थानीयबासीहरुले बताएका छन् ।
उनिहरूले सामाजिक संजाल फेसबुक मार्फत हाम्राे गाँउपालिका हामि अाफै बनाउछाै । भन्ने फेसबुक ग्रुप च्याट मार्फत देश तथा बिदेशमा बस्ने युवाहरूले ठुलै बहस गरिरहेकाे छन । उनकाे ग्रुपमा अान्दाेलनकाे लागि तयार रहेका सन्देश दिइरहेका छन । जिल्लाका अगुवाहरूले मागकाे सुनुवाइ नगरे  जनयुद्दकाे बाटाे राेज्ने जाे पार्टीमा अावद्द भएर अधिकारकाे लागि लड्ने घाेषणा समेत गरिरहेका छन । 
 अान्दाेलनकाे तयारी गरिरहेका सहभागिलाइ  आफ्नो माग सनुवाई नगरे जिल्ला बिकास समिति र राजनितिक दलका जिल्ला पाटी कार्यालयमा ताला लगाउने जलेश के.सीले जानकारी दिए । उनले नेकपा माअाेवादी केन्द्रले निकालेकाे प्रेस बिज्ञप्तिलाइ सकारात्मक सन्देशकाे रूपमा लिएकाे समेत बताए । 
आक्रोशित स्थानीयले कार्यालयको काम काजमा अबरोध गरेपछि कार्यालयबाट निस्केको र कार्यालय काम काज बन्द भएकाे गाबिस सचिब कमलराज वलीले जानकारी दिए ।।

0 comments: