Breaking News
Loading...
Thursday, September 1, 2016

Info Post
डाेल्पा, भाद्र १५ , नेपाल रेडक्रस साेसाइटी डाेल्पा  जिल्ला शाखाले संचालन गरेकाे सामुदायिक स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छता परियाेजनाकाे अर्धवार्षिक समिक्षा बैठक सम्पन्न गरेकाेछ । परियाेजना डाेल्पा जिल्लाकाे रह, लावन र सहरतारा गाबिसमा संचालनमा रहेकाेछ ।



डाेल्पा जिल्लाकाे दुनै बजारमा रहेकाे पला गेष्ट हावसमा संचालित कार्यक्रममा स्वास्थ्य क्षेत्र र खानेपानी, सरसफाइ तथा स्वच्छतामा क्षेत्रमा काम गर्ने जिल्ला स्थित सेवा प्रदायक सराेकारवाल निकाए, कार्यक्रम संचालन भएका गाविसका गाविसमा रहेका स्वास्थ्य संस्था इन्चार्ज, नेपाल रेडक्रस साेसाइटी उपशाखा रह,लावन र सहरतारा का सभापति, गाबिस खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितका पदाधिकारी, महिला स्वास्थ्य स्वयमसेविका प्रतिनिधी, गैसस महासंघ, पत्रकार महासंघ लगाएतकाे उपस्थिती रहेकाे थियाे ।


































नेपाल रेडक्रस साेसाइटी सिइएचपी नेपालगंजकाे अार्थिक सहयाेगमा संचालित कार्यक्रमकाे बार्षिक कुल बजेट २२ लाख २८ हजार ९३ रूपैया रहेकाे प्रतुति गरिएकाे थियाे । याे बजेट भाैतिक पूर्वाधार बाहेककाे रहेकाे   कार्यक्रम संयाेजक लालिमान बुढाले जानकारी दिए। उनले थपे अहिले नेरेसाे डाेल्पा जिल्ला शाखा केहि माथि उठेकाे छ विगत भन्दा अहिले हामी सघ बलियाे समझेदार निकाए सिइएची सघ साझेदारी गरेर स्वास्थ्य र सरसफाइकाे क्षेत्रमा केहि  गतिबिधी गर्न सकिने र प्रयास गरिरहेकेा बताए ।






























जिल्ला शाखा उपमन्त्री दिलमाया केसी काे उद्घाेषणमा सुरू संचालित कार्यक्रममा गतिविधीकाे प्रस्तुतिकरण साथै उठेका जिज्ञासाकाे जवाफ  जिल्ला संयाेजक टेकम वलीले दिए । प्रस्तुतिकरणमा देखीएका समस्याहरूलाइ समाधान कहिले ? भन्ने सहभागि सहभागिकाे जिज्ञासामा प्रत्यक्ष सराेकार राख्ने निकाए जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय डाेल्पाले कार्यक्रम समन्वयमा नै संचालन भएकाे र समस्याहरू समाधानकाे लागि प्रयास हुने प्रतिबद्दता समेत ब्यक्त गरे । 

0 comments: