भाद्र १८ डोल्पा – हिमाली सूस्केरा साप्ताहिक प्रत्रिका यहि भाद्र २६ गते आईतबार देखी पुनः प्रकाशनमा अाउने भएको छ । बिगतमा केहि समय प्रकाशित भई बिविध कारण देखाउदै बन्द भएको साप्ताहिक पत्रिका हिमाली सुस्केरा फेरि प्रकाशित हुने भएको हो ।
हिमाली सुस्केराका निबर्तमान प्रकाशक तथा सम्पादक बिष्णुलाल बुढाको अध्यक्षतामा बसेको बैठकले नयाँ प्रकाशन समिति चयन गरि पत्रिका बजारमा ल्याउने भएको छ ।
बबि किशोर गुरुगँ प्रकाशक रहने गरि तयार गरिएकाे नयाँ संचालन समितिमा ,सरोज थापा कार्यकारि सम्पादक, योगेन्द्र बुढा ब्यबस्थापक, रमेश बुढा समाचार प्रमूख र एक जना महिला प्रतिनिधि पछि थप गर्ने गरि नयाँ सँचालक समतिको चयन गरेको छ । उसका साथ साथै पत्रिकाका अगाडि लैजानकाेलागि ५ जना सल्लाहाकार पनि मनोनयन गरेको छ । जसमा लालिमान बुढा, सुरेन्द्र ढकाल,रबिन्द्र शाही,टेकम ओली र कानुनि सल्हकारमा रामप्रसाद बुढा गरि ५ जना सल्हकार चयन गरेको ब्यबस्थापक योगेन्द्र बुढाले जानकारि दिए ।
डोल्पा जिल्लामा हाल सम्म पनि प्रभाबकारि छाँपा सँचालन गर्न नसेको र बिगतमा केहि बर्ष संचालनमा आएको साप्ताहिक पत्रिका बिभिद कारण देखाउदै बन्द भएको अवस्थामा पुनः प्रकाशन मा ल्याउन लागेकाे पत्रकार महासंघका अध्यक्ष तथा बर्तमान प्रधान सम्पादक बिष्णुलाल बुढाले जानकारी दिए ।
प्राबिधिक समस्याको कारण बन्द रहेको हिमालि सुस्केरा पुन सँचालन हुने र अब हरेक हप्ताको आईतबार बिहान हरेक नागरिकको घरघर, सरकारी तथा गैरसकारी कार्यालय सम्ममा पुर्याइने साथै अप्ठेराे अबस्ता सामना गरेर भएपनि पत्रिका प्रकाशन हुने र सबै नागरिकलाइ सुचनाकाे हक दिलाउन अव फेरी जुटेकाे हिमाली सुस्केरा साप्ताहि पत्रिका प्रकाशक बबिकिशोर गूरुगँले बताउए ।
अव विगत जस्ताे पत्रिकालाइ अन्याेलमा रहन नदिने उनले पत्रिवद्दता समेत ब्यक्त गरेकाे छन । डाेल्पा जिल्ला बाट प्रकाशित हुनलागेकेा छापा माध्याम काे संख्या एक मात्र हुनेछ ।
0 comments:
Post a Comment