Breaking News
Loading...
Thursday, November 10, 2016

Info Post

डोल्पा ⁄कार्तिक २५,
डोल्पा जिल्लामा खुल्ला दिशामुक्त गाविस घोषणा हुने क्रममा आज एक विशेष कार्यक्रमको आयोजना गरेर उपल्लो डोल्पामा अवस्थीत धो गाविसलाई औपचारिक कार्यक्रमको आयोजना गरि खुल्ला  दिशामुक्त घोषणा गरिएकोछ । अव डोल्पामा खुल्ला दिशा मुक्त हुने गाविसको संख्या २१ पुगेको हो ।

स्थानियवासीको सक्रियता तथा किर्डाक नेपालको सहजिकरण,  जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयको सामाग्रि सहयोग पश्चात करिब २ सय ३१ घरधुरी भएको धो गाविसमा शौचालय निर्माण कार्य सम्पन्न भए लगतै  जिल्ला खानेपानी तथा सरसफाइ  स्वच्छता समन्वय समिती डोल्पाले निर्णय गरे बमोजिम आज औपचारिक कार्यक्रमको आयोजना गरि धो गाविसमा खुल्ला दिसा मुक्त घोषणा गरिएको हो ।

गाविस मा चर्पी प्रयोगको संख्या ७० प्रतिशत रहेको छ र अझै शौचालय निर्माण गरेपनि प्रयोग नगर्नेको संख्या ३० प्रतिशत रहेको घोषणा गर्न पुगेको एनजियो कर्मी ले टेलिफोन गरि संचार माध्यामलाइ जानकारी गराएका छन । 

गाविस अध्यक्ष तथा सचिब हरी बहादुर मल्लको अध्यक्षता तथा किर्डाक डोल्पाका जिल्ला संयोजक सुरेन्द्र ढकालको प्रमुख अथित्यता र डिएविएस डोल्पाका उर्जा जिल्ला संयोजक योगेन्द्र बुढाको विशेष अथित्यतामा संचालित कार्यक्रम भब्य र सब्य भएको जनाइएको छ । स्थानियले भने स्थानिय परम्परा अनुसारका सांकृतिक झाकी समेत प्रस्तुत गरिएका थिए । 

सरसफाइ जस्तो संबेदनशिल क्षेत्रमा प्रगति हासिल गर्दै जादा जिल्ला स्थित विषयगत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी उपस्थीत समेत नहुदा धो बासी खिन्न भएका छन । स्थानिय विकास अधिकारी जिल्लामै रहदाको समयमा हाम्रो गाविस खुल्ला दिसामुक्त हुदा स्थानिय विकास अधिकारी उपस्थीत नहुनु हाम्रो लागि दुःखको विषय बनेको छ । यहाँ जिल्लामा रहने एनजियो कर्मी माात्र उपस्थीत हुनुहून्छ दूनैको स्थानिय विकास अधिकारीलाइ यो खबर लिइदिनुहोस कि हामी धो बासीलाइ धेरै दुःख लागेको छ र हामी चिन्तीत पनि भएका छौ । स्थानिय समाज सेवि तथा बुद्धिजिबी फुर्वा गुरुङले मन्तब्य दिदै भने । 

अर्का अगुवा ग्याल्बो भोटेले पनि मन्तब्यमा नै सरकारी कार्यालयले माथिल्लो डोल्पालाइ हेर्ने दृष्टीकोण दोस्रो नागरिको दर्जामा हेरीएको बताए । जिल्ला बाट सरकारी कार्यालय गाविस बाहेक अन्यको उपस्थीती नहुनुमा खुबै दुखेसो पोखे । 

स्मरण रहोस डोल्पामा सरसफाइको अभियान तिब्र गतिमा संचालन भइरहदा खुल्ला दिसामुक्त कार्यक्रममा जिल्ला गत विषयगत कार्यालयको उपस्थीती न्यून रहेको जनगुनासो अन्य गाविसबाट पनि आउने गरेको थियो । 

यस लगतै छार्का र मुकोट खुल्ला दिसामुक्त घोषण हुन बाकी रहेका छन । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति डोल्पाले यि गाविसहरुलाइ पनि खुल्ला दिसा मुक्त घोषण गर्न योग्य रहेको निर्णय गरि सकेको छ । अव बाकि यि दुइ गाविसलाइ खुल्ला दिसामुक्त घोषणा गरे पश्चात  जिल्ला घोषणाको तयारी गर्न सकिने बताइएको छ । 

0 comments: