टेकम बिवश वली
जिनावाङ्ग रोल्पा
मंसिर ३ रोल्पा जिल्ला भित्र बिभिन्न किशिमका पुरातात्वीक सम्पदालाइ बचाउने र पर्यटक भित्र्याउने चेतना साथसाथै पहल भएपनि जिनावाङ्ग मा रहेको सिद्ध गुफा भने जिल्लाकै अभिलेखमा सुचिकृत हुन सकेको छैन । जिनावाङ्ग गाबिसमा रहेको बाह्रजथाक सामुदायीक बनको पुछारमा रहेको शिद्ध गुफा हाल संरक्षण तथा प्रचार प्रसारको अभाबमा रहेको छ । जिनावाङ्ग गाबिसको वडानं. ५को सिमाना भित्र रहेको शिद्ध गुफा बि.सं २००१ सालतिर पत्ता लगाएको भएता पनि हाल सम्म गुफा संरक्षणमा कुनै निकाएले चासो देखाएका दखीदैन । जिनावाङ्ग गाबिसमा रहेको सृजनशिल नवयुवा प्रतिभा क्लबले गाबिसमा यो प्रताव पेश गरि छलफल गराएता पनि गाबिसमा यसको बारेमा आर्थिक अभाबको कारण देखाउदै गुफा संरक्षणमा कुनैपनि ध्यान दिइएको छैन । गुफमा भएका मुर्ति जस्ता देखीने ढुङ्गाहरु अहिले क्षेत बिक्षेत अबस्थामा रहेका छन । पहिले देखीने सानो प्वाललाई खोलेर घास दाउरा तथा गाई भैसी चराउन जाने ग्वाला हरुले प्वाललाई खोलेर सामान्य मानीस सुतेर भित्र मिल्ने बनाएको कुरा यहाका बुढापाखा मानिसहरु बताउछन ।
जनयुद्धकालमा मानिसहरु प्रतिपक्षबाट बच्न लुक्न तथा हतियारहरु लुकाउन अत्याधिक रुपमा प्रयोग भएको स्थानिय बासीको भनाइ रहेको छ । गुफा आज आएर भत्काइदै गईरहेको छ । भने प्रबेश गर्ने प्वाल पनि ठुलो बनाइएको छ । गुफाको भित्र पुगेपछि करीब ६.५मीटर लम्बाइ ,४.५मीटर चौडाइ र ७ मिटर उचाइ रहेको छ । शिद्ध गुफा नामाकरण गरिएको गुफामा रहेका आर्कशक चिज मध्य भेडाको मुहार जस्तो आकृति देखीने दुबैतर्फ सिङ्ग हरु बेरीएर रहेको र गणेको मुहार आकलन गर्न सकिने मुर्ति हरु चोरी भै सकेको स्थानिय शिक्षक भरत के.सी बताउनु हुन्छ ।
गुफामा अहिले हेदो हात्तिका मुहारहरु, गणेशको मुहार, गाइका दुध दुने थुन, कमलको फुल जस्ता आकृति देखीन्छन । ७ मिटर उचाइमा रहेको गुफाको बिच भागबाट चुहिने पानी हेर्दा सेतो दुध जस्तो देखीन्छ । जिनावाङ्ग ५ मा जन्मीएर हाल दाङ्ग जिल्लाको धनौरीमा बसोबास गर्दै आउनु भएका ८० बर्षिय बृद्ध श्री कृती बहादुर वली भन्नु हुन्छ हामि साना छदा गाई बाखा्र चराउन जादा खेरी हामा्रे बुबा ले सिकाएको यो गुफा पहिले मानिस छिर्न नसक्ने सानो प्वाल थियो त्यहि प्वाल बाट उज्यालोको सहाएताले हामी ले त्यस भित्र हेर्ने गर्थिउ । त्यस भित्र हेर्दा दुइतला जस्तो देखीने गुफामा हात लठ्ठी राख्दा दुध जस्तो पानी आउथ्यो । त्यहा त सिद्धले बास गर्छन भनि हामि भित्रजान कोसिस गर्दैनथिउ । उहाँ बताउनु हुन्छ ।
त्यहा अन्य केहि चिज बस्तु देख्नु भयो कि भएन भन्ने एक प्रश्नमा ८० बर्षिय बृद भन्नुहुन्छ त्यहा एउटा चमत्कारी मुर्ति आकारको ढुङ्गा रहेको थियो त्यो ढुङ्गा जहाँ लगेर राखेपनि त्यहि ठाउमा आइपुग्ने गरेको कहिलेकाहि त लहराले रुखमा बाधिदिदा पनि आउने त्यहिठाउमा आइपुग्थ्यो । तर त्यो ढुङ्गा लाई त्यहि गुफाको पुछारमा रहेको मुलको सागरमा फाल्दा मात्र फर्कन नसकेको र त्यहि बाट बिलिन भएको बताउनु हुन्छ । अनि त्यहि गुफाको नजिकमा करीब दुई किलो मिटर लामो धागो गुफादेखी माथि पहाडको टुप्पा बाट अर्को पहाडको टुप्पो टुप्पोमा गासीएको अबस्थामा भेटाइएको थियो जस्लाइ हामी जनाइ धागो भन्ने गरर्थिउ त्यहि धागो गासिएको मुनि एउटा गाइको बाछी घाँस खाइरहेको आफ्नो भाउजुले भेटाएर घरमा लिएर पाल्दा घरमा सम्पुर्ण कुरा रामा्रे भएको कुरा बताउनु हुन्छ । यहि कुराहरुलाइ देखेपछि सो ठाउमा सिद्धको बिधि पूर्वक पुजाआजा गरे पछि शान्ती भएको र जुन पुजा आजभोली गरीने पुजा हो । उहा् बताउनु हुन्छ । हाल आएर सोहि ठाउमा बर्षको दुइचोटी पुजा पाठ गरिदै आएको छ ।
जिल्ला को सुदुर पच्छिमी इलाकामा पर्ने गाबिस जिनावाङ्ग जिल्ला सदरमुकाम देखी २३ कोष टाढा अर्थात सल्यान जिल्ला सघ जोडिएको गाबिस हो । यस गाबिसमा भौगोलिक हिसाबले धेरै बिकट भए पनि बिकाशका दृष्टीकोणमा सल्यान जिल्ला बाट मोटर बाटो खुलेको छ भने जिल्ला सदरमुकाम पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्ने वाध्यता रहेको छ ।
संचारको दृष्टीकोणमा राँक रातामाटामा रहेको टावर राम्रो सघ मर्मत संभार नहुदा स्काइ फोनका ग्राहकले नराम्रो सघ सास्ती भोग्नु परेको छ तर सल्यानको लसुने मा नेपाल टेलीकमको नमस्ते टावरको सुबिधाले सामान्य संचारको पहुचमा नजिक पुगेजस्तो महशुस हुन्छ । यसरी जिल्ला सदरमुकाम देखी २३ कोष टढा भएको गाबिसमा भौगोलिक सम्पदाको दृष्टिकोणमा भने केहि कमि छैन । जसमा बन ,जंगल, खोला ,नाला, नदि । चौर , रमणिय गुफा इत्यदि प्रसस्त मात्रामा छन ।
यसरी आझेलमा परेको गुफालाइ बचाइ संरक्षण र संबर्दन गर्दा धार्मिक हिसाबले झझल्कीने पुरातात्वीक बस्तुहरुको संरक्षण हुने तथा र त्यस्ता कुराहरु पर्यटकिय महत्वका दृष्टिले एकदमै स्थान हुने देखीन्छ । यस्ता किशिमका गुफा संरक्षणका जिल्ला स्थीत सरकारी तथा गैर सरकारी संस्थाको चासो जानुपर्ने एकदमै आबश्यकता देखीन्छ । चासो पुर्याउन कुनै निकाय भएमा सो पुरातात्वीक गुण बोकेको गुफा बचिरहने थियो कि रु



0 comments:
Post a Comment