Breaking News
Loading...
Saturday, November 30, 2013

Info Post
मंसिर १४ जिनावाङ्ग रोल्पा ÷ लाली गुरास सामुदायीक बन उपभोक्ता समुह जिनावाङ रोल्पाको पहिलो बिशेष साधारण सभा मंसिर १४ गते शुक्रबारका दिन सम्पन्न भएको छ । नव गठित १३ सदसीय कार्यसमितिको अध्यक्षमा पुन ः कालीराम खत्री सर्बसम्मतीमा निर्वाचित हुनभएको छ ।  उपाध्यक्षमा रुपलाल खत्री , सचिब राम बहादुर खत्री , स सचिब भोलाराम खत्री , कोषाध्यक्ष बम कुमारी खत्री  सर्बसहमतिमा निबाचीत हुनु भएको हो । त्यसैगरी सदस्यहरुमा मिना देबि खत्री , भिम बहादुर खत्री , इश्वरी देखी खत्री , शुशिला खत्री , मञ्जु वली , टिका देबी वली , खीमा कुमारी खत्री, बिर वहादुर खत्री  रहनु भएको छ  ।
     
 उदघाटन सत्रमा प्रमुख अथिति गाबिस सचिब तथा अध्यक्ष दिपेन्द्र बहादुर डागी तथा गाबिसमा क्रियासिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिको अथित्यतामा रहेको थियो । कार्यक्रम मा बोल्दै प्रमुख अथिति दिपेन्द्र बहादुर डाँगी ले अहिले बिश्वका सबै राष्टहरुको ध्यान जलवायू परिबर्तन को समस्यामा केन्दीत भएको बेलामा यस जिनावाङ्ग गाबिसमा पनि बन जंगलको संरक्षणमा अगाडी बढेकोमा सकारात्मक परिवर्तन भएको र यसले सबैमा सकारात्मक सोचको बिकास गराउनुको साथै जलवायू परिवर्तन सम्बन्धी समस्यामा समाधानमा महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । संस्थापक अध्यक्ष कालीराम खत्रीको अध्यक्षतामा संचालीत कार्यक्रमको संचालन सचिब राम वहादुर खत्रीले संचालन गर्नु भएको थियो ।

0 comments: