Breaking News
Loading...
Saturday, December 28, 2013

Info Post
भारतमा मुख्य कार्यालय रहेको एउटा कम्पनीले इन्टरनेट बिना फेसबुक र ट्विटर चलाउन सकिने प्रविधि सुरु गरेको छ। 
 
युटोपिया नामको यो कम्पनीले मोबाइलमा हुने युएसएसडी (अनस्ट्रकचर्ड सप्लिमेन्ट्री सर्भिस डाटा) मार्फत् यस्तो सेवा सुरु गरिसकेको छ।
 
कम्पनीका सिइओ सुरेश मेननका अनुसार कम्पनीले फोनेटविस नामको एउटा प्लेटफर्म विकास गरेको छ, जसमार्फत् सामान्य मोबाइल फोनबाट बिना इन्टरनेट कनेक्सन सेवा चलाउन सकिन्छ।
 
इन्डियन एक्सप्रेसका अनुसार युटोपियाले भारतको मोबाइल सेवा प्रदायक कम्पनी एयरटेलको नेटवर्कमा सन् २०११ मा पहिलो पटक अफलाइन फेसबुक सेवा सुरु गरेको थियो। कम्पनीले फेसबुक र हालै ट्विटरसँग पनि इन्टरनेट बिना सर्फ गर्न सकिने गरी साझेदारी गरिसकेको छ।
 
त्यसैगरी यसले विश्वका ४५ वटा नेटवर्क पार्टनर बनाइसकेको छ। नेपाल टेलिकमका प्रिपेड सेवाका उपभोक्ताले आफ्नो ब्यालेन्स बुझ्न प्रयोग गर्ने प्रविधि पनि युएसएसडी नै हो। नेपालमा अहिले समाचार प्राप्त गर्न पनि यो सेवा निजी कम्पनीले सुरु गरेको छ।
 
भारतबाहेक पाकिस्तान, बंगलादेश र श्रीलंकामा समेत यो कम्पनीले सेवा सुरु गरिसकेको छ ।

0 comments: