Breaking News
Loading...
Saturday, December 28, 2013

Info Post
आदिवासी जनजाति महासँघका केन्द्रिय अध्यक्ष नगेन्द्र कुमार कुमालले राज्यबाट जनजातिहरुले उठाएका मुद्धाहरु सम्झौता गर्ने तर कार्यन्वयन गर्न डराएको बताउनु भएको छ । एकल पहिचान सहितको राज्य हुनु पर्ने बताउदै उहाँले एकल पहिचान भन्ने वितिकै एउटै जतिको मात्र सासन चल्ने नभएर हरेक जातजति पिछडियका समुदायको अल्प सँख्यक सबै जातिहरुको पहिचान सहितको समाज निर्माण हुने बताउनु भएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासँघ फोनिज रोल्पा शाखाले आज लिबाङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कुमालले जातिय राज्य खोज्नेहरु, पहिचानका कुरा गर्नेहरु ,देश टुक्रा पार्न खोज्नेहरु भनेर जनजातिका अधिकारका मुद्धाहरुमा कतिपएले गलत ढँगबाट ब्याख्या गरिएको भन्दै जनजातिका मुदाहरुलाई सुनवाई गरिएन र गलत परिभासित गरियो भने देश खतरामा पर्ने बताउनुभयो ।
महासँघ एनजिओ ले चलाएको छ भनिन्छ नि ? भन्ने पत्रकारको प्रश्नमा कुमालले त्यसो नभएको तर पछि परेका जातजाति भाषा सँस्कृति पेशामा सहयोग हुन्छ भने सहकार्य गर्नु स्वभाविकै भएको बताउनु भयो । फोनिज रोल्पा शाखाका अध्यक्ष अमर जित पुन मगरको अध्यक्षता रहेका कार्यक्रममा केन्द्रिंय महासँघका दिलिपसिङ दनुवार महासँघ मध्यपश्चिम सम्योजक खेम बहादुर बुढा मगर , पत्रकार महाँसँघ रोल्पा शाखाका अध्यक्ष मौसम रोका मगर लगाएत जिल्लामा क्रियाशिल पत्रकार सञ्चार कर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन फोनिज रोल्पाका खेमराज गाउँलेले गर्नु भएको थियो ।

0 comments: