Breaking News
Loading...
Saturday, December 28, 2013

Info Post
“विकास निर्माण सबैको एकता समृद्ध गाउ निर्माण हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ इरिबाङ गाविसको गणतन्त्र स्थापना पछ्किो छैठौ गाउ परिषद आज सम्पन्न भएको छ । गाविस भबन केउरीमा सम्पन्न गाउ परिषदबाट आर्थिक वर्ष २०७०–७१ सालको बजेत तथा २०७१–७२ को प्रस्तावित बजेत विनियोजन गरिएको छ । २०७०–७१ सालको बजेत अन्र्तगत चालुगत तर्फ ४ लाख २० हजार विनियोजन गरिएको छ भने पुजिगत तर्फको २७ लाख ९० हजार रकम मध्ये महिला तर्फ २ लाख ६५ हजार, बालबालिका तर्फ २ लाख ६५ हजार, दलित ज्येष्ठ नागरिक, अपांग जनजातितर्फ ३ लाख ९८ हजार , कृषितर्फ १ लाख गरि १० लाख २८ हजार विनियोजन गरिएको छ । त्यस्तै वाकि १७ लाख ६५ हजार रकमलाई विभिन्न विकास पुर्वाधार प्रर्वधानात्मक विकास निर्माण योजना तर्फ विनीयोजन गरिएको छ ।। सामाजिक सुरक्षाको २३ लाख ३५ हजार गरि जम्मा ५५ लाख ४५ हजार बजेट सर्बसहमतबाट स्वीकृत गरिएको छ । त्यस्तै २०७१–७२ सालकोे ६५ लाख १० हजार बराबरको प्रस्तावित रकमलाई पनि सर्वसहमतिमा विनियोजित गरिएको छ । परिषदको उद्घाटन समारोहमा नेपाली कांग्रेस का जिल्ला सद तथा अनुशासन विभाग संयोजक विश्वकुमार चन्द, नेपाली कांग्रेस इरिबाङ गाविस सभापति दिपेन्द्रबहादुर थापा , एमाले प्रतिनिधी थमबहादुर सुनार, एनेकपा माओबादीका गाविस इन्चार्ज लालबहादुर डागी, नेकपा माओबादी इरिबाङ गाविस सेक्रेटर दुर्गाबहादुर थापा, जनता मावि बागमाराका प्रअ खिमविक्रम चन्द, इलाका स्वास्थयचौकि केउरीका अहेब दिलबहादुर डागी, सामुदायिक अध्याण केन्द्र इरिवाङका अध्यक्षा सुर्यप्रसाद डागी, दलित तथा अपांग प्रतिनिधी कृष्ण सुनार, महिला प्रतिनिधी भाइरति घर्ति लगाएतले बोल्नुभएको थियो । गाविस सचिब चन्द्र प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न परिषदमा एलजिसीडिपीकी सामाजिक परिचालक साधना डागीले स्वागत गर्नुभएको थियो भने सन्चालन पश्चीम उच्च पहाडि गरिबी निवारण आयोजना उपापका सामाजिक परिचालक दिलबहादुर केसीले गर्नुभएको थियो । गाउ परिषदमा दलित महिला, अपांग, युवाक्लब आमासमुह, शिक्षक विद्यार्थी, सुरक्षाकर्मि, वुद्धिजिबी व्यापारी लगाएतको उपस्थीती रहेको इरिबाङबाट हाम्रा सहकर्मि लोकेन्द्र चन्दले खबर पठाउनुभएको छ । तमुहरुको महान चाड ल्होछारको अवसरमा लोप भएको सृंति झल्कने सिँगारु नाचको आयोजना गर्ने निर्णय गरिएको छ । तमु ल्होछार २०७० ब्यवस्थापन समिति गुरुङगाउँको आयोजनामा रोल्पाको गुरुङगाउँमा यही पौषको १५ गते सिंगारुनाचको आयोजना गरिने आयोजकले बताएकोे छ । तमु ह्युंल छोंज धीं गुरुङ राष्ट्रिय परिषद रोल्पाको आयोजनामा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिको बैठकले गुरुङ समुदायको मौलिक परम्परा लाई जर्गेना गर्नका लागि १४ गते बेलुका विविध साृंतिक मनोरञ्जनात्मक कार्यक्रम गर्ने र १५ गतेका दिन सिंगारु नाचको विधिवत तवरले प्रस्तुती गर्ने निर्णय गरेको छ । पश्चिमेली सृंति भित्रिएपछि स्थानिय स्तरका र मौलिक परम्परा झल्कने प्रस्तुतीहरु लोप हुने भएकाले यो ब्यवस्थापनका लागि सिंगारु नाचको आयोजना गरेको परिषदका दिलबहादुर गुरुङले बताउनुभयो ।

0 comments: