Breaking News
Loading...
Friday, November 22, 2013

Info Post
       देशका अन्य निर्वाचन क्षेत्रमा काग्रेस, एमालेको तुलनामा पछाडि परेको एकीकृत नेकपा माओवादी उद्गम स्थलको रुपमा चिनिने रोल्पामा भने दुवै निर्वाचन क्षेत्र जित्न सफल भएको छ। रोल्पा १ मा एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महरा ११ हजार ४ सय ७ मत ल्याई विजयी भए। महराका निकतम प्रतिद्धन्द्धी, नेपाली काग्रेसका लेखनाथ आचार्यले ८ हजार ४ सय ९ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बालाराम घर्तीमगरले ३ हजार १ सय ५० मत प्राप्त गरी तेस्रो भए।

       रोल्पा २ मा पनि एमाओवादीकै ओनसरी घर्तीमगर १४ हजार ९ सय ६४ मत ल्याई विजयी भएका छन। घर्तीमगरका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका कुमार दसौंदीले ९ हजार ३ सय ७२ मत प्राप्त गरे। नेपाली काग्रेसका भिमकुमारी बुढामगरले ८ हजार २ सय २६ मत प्राप्त गरिन। यो निर्वाचन क्षेत्रमा २८ चैत २०६४ को संविधान सभामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपनिर्वाचनमा हाल मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा रहेका थबाङ निवासी सन्तोष कुमार बुढामगरले जित हासिल गरेका थिए।

       पहिलो संविधान सभा निर्वाचनमा दोस्रो, तेस्रो भएका काग्रेस, एमाले यसपालि पनि यस अघिकै स्थानमा सीमित भए। रोल्पा २ मै एमालेका दसौंदी तेस्रो पटक र काग्रेसका घर्तीमगर दोस्रो पटक पराजित भएका छन्। यद्यपि जिल्लाको दुवै निर्वाचन क्षेत्रमा काग्रेस, एमालेको प्राप्त मत परिमाण भने पहिलेको तुलनामा बढ्दै गएको देखिन्छ।

      पूर्व उप्रधान तथा गृहमन्त्री समेत भई सकेका रोल्पा निवासी महराले जिल्लाको समग्र विकासको निम्ति आफू जस्तोसुकै पहल गर्न पनि तत्पर रहेको काठमाडौंबाट टेलिफोनमा बताए। महराले भने …रोल्पाली जनताका निम्ति जस्तोसुकै संघर्ष गर्न पनि तयार छु। निर्वाचनका क्रममा जनताका बीचमा गरेका प्रतिवद्धता पुरा गर्न हरदम लागि पर्ने छु।'

      एमाओवादी नेता महराले जिल्लामा ५० सैयाको जिल्ला अस्पताल, सुलिचौर–थबाङ मोटर बाटो निमार्ण, १२ दशमलव ५ मेगावाटको खुग्री हाइड्रो पावर निमार्ण, पोलिटेक्निकल कलेज स्थापना, छिमेकी जिल्ला जोड्ने सडक निर्माण, वडाचौर एयरपोर्टलाई पुनःनिर्माण, सुलिचौर तथा लिबाङमा कोल्ड स्टोर, हातहातमा मोवाइल र घरघरमा इन्टरनेटको नारालाई सार्थकता दिन जिल्लाभर सञ्चार सञ्जाल कभरेज हुने गरी टेलिफोन टावर निमार्ण गर्ने आश्वासन दिएका थिए।

      चुनाव प्रचारको क्रममा माओवादी नेता महराले यि नै आश्वासन दिएर रोल्पा १ का २५ गाविसमा भोट माग्न पुगेका थिए। महराले …रोल्पा विकास गुरु योजना' बनाएर जिल्लाको चौतर्फी विकास गर्न आफूले प्राथमिकता दिने गाउँमा आयोजित प्रायः सबैजसो चुनावी कार्यक्रममा पटक पटक दोहोर्‍याएका थिए।

       एमाओवादी नेता महराले निर्वाचन आयोगले अहिले गरी रहेको मत परिमाणको सम्पूर्ण प्रक्रिया पुनरावलोकन गर्नु पर्ने जिकिर गरे। उनले भने …अहिलेको मत परिमाणको सम्पूर्ण प्रक्रिया पुनरावलोकन गर्नु पर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो। त्यसो भयो भने मात्रै देश नयाँ ढंगले अगाडि बढ्छ। जनताले एमाओवादीलाई दिएको वास्तविक मतमा रातारात षड्यन्त्र भयो भन्ने हाम्रो भनाई हो।'

पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान एमाओवादीको मुख्य एजेन्दा भए पनि अहिलेको मत परिमाणले काग्रेस, एमालेलाई अग्र पंक्तिमा राख्नु दुःखद भएको महराले टिप्पणी गरे

0 comments: