१७ पुस- सल्यानको बाँझकाँडामा बुधबार बिहान रात्रीबस दुर्घटना हुँदा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा रुकुम साँख ३ का प्रेमबहादुर बुढामगर, चोखावागं २ का मनबहादुर बुढा, छिबागं १ की करुणा घर्ति र खलंगा १ का आनन्द कुमार केसी रहेका छन ।त्यस्तै खलंगा १ कै सुजन शाहि, महेन्द्र दलगण रुकुमका कार्यरत राजेश बुढा र रुकुम आठबिसकोटका एक नाम नखुलेका बालक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक रञ्जीत सिंह राठौरले जानकारी दिनुभयो । दुर्घटनामा घाईते भएका १९ जनालाई थप उपचारका लागी नेपालगंज पठाईएको छ । काठमाडौंबाट रुकुमका लागि छुटेको लु १ ख लु १ ख ८२९० नम्बरको बस शारदा नदीमा खसेको थियो । शुरुमा ११ जनाको मृत्यु भएको अनुमान गरेको भएपनि ८ जनाको मात्र शवल फेला परेको र दुर्घटनाको कारण भने खुल्न सकेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment