Breaking News
Loading...
Wednesday, January 1, 2014

Info Post
रोल्पा- नेपाली काग्रेसका महामन्त्री प्रकाशमान सिंहले छ महिना भित्र स्थानीय निकायको चुनाव गर्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन रोल्पाले बुधबार बिहान सदरमुकाम लिबाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा काग्रेस महामन्त्री सिंहले यस्तो धारणा राखेका हुन्।
नेपाली काग्रेस रोल्पाको तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्न यहाँ आएका सिंहले भने, 'स्थानीय निकायको चुनाव छ महिना भित्र सम्पन्न गर्ने काग्रेसको योजना छ। स्थानीय निकायको चुनाव सम्पन्न गराउन काग्रेसले वातावरण तयार गरेर अगाडि बढ्छ।' 
स्थानीय निकायको चुनाव नहुँदा भ्रष्ट्राचार र विकृति बढेकोतर्फ महामन्त्री सिंहले संकेत गरे। 'अहिलेकै संरचनामा स्थानीय निकायको निर्वाचन गर्नुपर्छ। जनप्रतिनिधि नहुँदा जनताले दुःख पाएका छन्,' उनले थपे, 'संविधान निर्माण गरिसकेपछि पनि स्थानीय निकायको निर्वाचन गराउन केही समय लाग्छ। स्थानीय निकायको चुवावले संविधान लेखनलाई त्यत्ति प्रभावित नगर्ला।' स्थानीय निकायको चुनाव गराउँदा देश संघीयतामा गए पनि त्यसले पछि नकरात्यमक प्रभाव नपार्ने महामन्त्री सिंहले जिकिर गरे।
 एक वर्ष भित्र लिखित लोकतान्त्रिक संविधान निमार्ण गर्ने तर्फ काग्रेसले सम्पूर्ण ध्यान केन्द्रित गर्ने र जनतालाई संविधान दिलाउने नेता सिंहले दावी गरे। सरकार र संविधान निमार्ण प्रक्रियामा सबै दललाई समेटेर जाने प्रयासमा काग्रेस रहेको सिंहले स्पष्ट गरे। महामन्त्री सिंहको कथन थियो, 'हामी राजनीतिक सहमतिको सरकार बनाउने प्रयासमा छौं। संविधान नबन्नुजेल सम्म सबै दलको सहमतिको सरकार आवश्यक छ। सहमति हुन नसकेको खण्डमा कागे्रस संविधानको धारा ३८ (२) बमोजिम बहुमतीय सरकार बनाएर भए पनि अगाडि बढछ्।'
मोहन बैद्य नेतृत्वको नेकपा माओवादीलाई पनि संवादको माध्यमबाट संविधान लेखन प्रक्रियामा सहभागी गराउनु पर्नेमा सिंहले जोड दिए। उनले भने, 'नेकपा माओवादीसँग छलफल हुन्छ। उहाँहरुको भावना समेटेर अगाडि बढिनेछ।'
 समानुपातिक सभासद् छनौटमा पार्टीमा देखिएको विवादलाई महान्त्री सिंहले सामान्यको संज्ञा दिए। समावेशीताको सिद्धान्त अनुसार नै सभासद् छानेको भन्दै उनले पार्टी निर्णयको बचाउ गरे। समानुपातिक सभासद् छनौटमा जिल्ला पार्टीले सिफारिस नै नगरेको व्यक्तिलाई सभासद् बनाएको भन्दै असन्तुष्ट केही काग्रेस कार्यकर्तालाई थामथुम पार्न नेता सिंहले प्रयास गरेका थिए।
 संविधानसभाको पहिलो बैठक अन्तर्राष्ट्रिय मान्यता अनुरुप राष्ट्रपतिले नै आह्वान गर्ने उनले बताए। काग्रेसले संविधान लेखनसँगै विकास निमार्णमा पनि जोड दिनेमा नेता सिंहले कार्यकर्तालाई आश्वासन दिए। आफू पहिलो चोटी रोल्पा आएको बताउँदै नेता सिंहले जिल्लाको बेरोजगारी र अपूर्ण सडक सञ्जाल विस्तारलाई पूर्णता दिने प्रतिवद्धता जनाए। उनले भने, 'कृषिमा आधारित कार्यक्रम ल्याउन र सडक सञ्जाल विस्तारलाई अगाडि बढाउन मेरो तर्फबाट प्रयास गर्ने छु।'



0 comments: