तीन वर्षअघि मलेशिया गएर फर्किएका श्रीमान लालबहादुर घर्तीलाई स्वागत गर्न तीन दिनअघि काठमाडौँ पुगेकी थिइन रुकुम छिवाङ १ की २२ वर्षिया करुणा घर्ती ।
विदेशमा श्रीमानले दुःख गरेर कमाएको रकम खर्च गरेर ल्याइदिएको कोशेली बोकेर फुरुङ हुँदै श्रीमानसँगै घर फर्किएका करुणा आफ्नो घरमा पुग्न नपाई कहिल्यै नर्फकने गरी विदा
भईन ।
बुधबार विहान साढे ४ बजे सल्यानको वाँझकाँडा गाविस १ मोख्लामा भएको दुर्घटनामा करुणसँगै ८ जनाको ज्यान गयो । करुणका श्रीमान लालबहादुरले आफ्नै अगाडी छट्पटाउदै गरेकी श्रीमतीलाई बचाउन सक्नुभएन ।
“बुबालाई ल्याएर आउँछु भनेर हिंडेकी
श्रीमती गुमाईयो,’ पत्नि वियोगमा
परेका घर्तीले आँसु खसाल्दै भन्नुभयो ‘अब घरमा छोराछोरीले आमा खोई भन्दा मैंले के जवाफ दिने ?”‘
गाडीका चालक निदाएपछि सडक छेउको ढुंगामा ठोक्किएर अनियन्त्रित भएपछि बस पल्टिँदै शारदा नदीमा गयो’, उहाँले भन्नुभयो ‘मैंले वरीपरि छामछुम गरे, बसको सिसा भेटियो, त्यहि फोडेर वाहिर
निस्किएँ, तर सँगै बसेकी श्रीमतीलाई निकाल्न सकिँन ।'
घर्तीका अनुसार गाडी पल्टेको आधा घण्टापछि प्रहरी र स्थानियबासिन्दा
उद्धारका लागि घटनास्थलमा पुगेका थिए।
गाडीमा झण्डै ८० जना यात्रु सवार रहेको
दमाचौर २ सल्यानका ज्ञान बहादुर चन्दले बताउनुभयो । ‘म मुढामा बसेको थिएँ, तीन बल्ड्यांग खाएपछि बस खोलामा पुग्यो’, दुर्घटनामा घाइते भएका चन्दले भन्नुभयो ‘धेरै यात्रुको नदीको
चिसो पानीमा डुवेर ज्यान गएको छ, म पनि तल्लो पट्टी च्यापिएको भए वाँच्ने थिइन होला ।’ नेपाली सेनाको
कालिशक्ती गण हेटौँडा कार्यरत उहाँ घर फर्कदै गर्दा दुर्घटनामा परेर बाँचेको चन्दलाई पुर्नजिवन पाएकोमा गाउँ घरका साथीहरुले दुर्घटनास्थलमा नै बधाइ दिइरहेका थिए ।

0 comments:
Post a Comment