सल्यान, पुस १७ – अपडेट सल्यानको बाँझकाँडामा बुधबार बिहान रात्रीबस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । ३७ जना घाईते भएका छन । काठमाडौंबाट रुकुमका लागि छुटेको लु १ ख लु १ ख ८२९० नम्बरको बस सल्यानको बाँझकाँडा १ मुखलाबाट शारदा नदीमा खसेको हो ।
दुर्घटनामा रुकुम छिवाङ १ की २२ वर्षिया करुणा घर्ती, कोरियाबाट घर फर्कदै गरेका रुकुम खलंगा १ का ३१ वर्षका आनन्द केसी, काठमाडौँबाट उपचार गरेर घर फर्कदै गरेकी सल्यान वाँझकाडा १ मोख्लाकी २८ वर्षकी भुमा बुढाथोकी, महेन्द्र दल गण रुकुममा कार्यरत नेपाली सेनाका हवल्दार घोराही दाङका ३७ वर्षिय राजेश बुढा, रुकुम शाँख झुल्खेतका २६ वर्षिय प्रेम बुढामगर, रुकुम खलंगा १ का २३ वर्षिय सुजन शाह, रुकुम आठविसकोट ३ की प्रेमी बुढाको ३ वर्षको वच्चा र चौखावांग २ रुकुमका २५ वर्षिय मनबहादुर बुढाको ज्यान गएको छ ।
प्रहरीले दिनभरी नै मृतकको संख्या ११ रहेको बताएपनि दिउँसो टोचन लगाएर बस पल्टाउँदा ८ जनाको मात्र शव भेटिएको थियो । घाईते मध्ये २१ जनालाई नेपालगञ्ज रेफर गरिएको र अरु १३ जनाको सल्यानको श्रीनगरमा र चालक सहित ३ जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको प्रहरीले जनाएको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । साभार, उज्यालो नाईन्टी नेटवर्क
उदयपुर, पुस १७ - सगरमाथा राजर्माग अन्तर्गत कदमाह गाईघाट सडक खण्डको चुरे जंगलमा बुधबार बिहान बस दुर्घटना हुदा ५० विद्यार्थी घाइते भएका छन् । सिराहाको जनता उच्चमावि कमलपुरबाट उदयपुर तर्फ पिकनिक खान आउँदै गको बा २ ख रंगीला यातायातको बस बिहान ११ बजे दुर्घटना हुँदा ५० विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ५ को अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक बाबुराम पोखरेलले बताए । दुर्घटनामा परेका मध्ये सत्यनारायण चौधरी, दिपेन्द्र दास, बलराम यादव, रामचरण बनार र सुन्तली कुमारीको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पोखरेलले बताए । घाइते सबैको लाहान स्थित नर्सिङ होममा उपचार भइरहेको छ । अग्रेजी नयाँ बर्षको अवसरमा बिद्यार्थी पिकनिक खान आएका हुन् । दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment