Breaking News
Loading...
Thursday, January 23, 2014

Info Post

माघ-९, रोल्पा । रोल्पाको जिनावाङ गा.वि.स स्थित एक सरकारी बिद्यालय श्री बिरेन्द्र उच्च माध्यामिक बिद्यालयले टेष्ट परीक्षा लिने भन्दै बिद्यार्थीबाट चर्को परिक्षा शुल्क अशुली गरेको भन्दै गरेको आन्देलन आज पनि जारी राखेका छन ।

उता सोहि विद्यालयमा पढ्ने विद्यार्थीहरुले पनि विद्यालयले आफुहरुसंग चर्को शुल्क लिएको भन्दै बिरोध जनाएका हुन यसै अनुरुप बिहिबार विद्यार्थीहरुले बिहान १० बजेदेखि बिद्यालय हातामा नाराबाजी गरिरहेका  छन । उनीहरुले जिल्ला परिक्षा समितिले पनि जिल्लामा टेस्ट परिक्षा संचालन गर्ने भनि गरेको निर्णयमा आपत्ति जनाएका हुन । विद्यालयका एक विद्यार्थी जिबन डाँगीका अनुसार आफुहरुले परिक्षा नै नदिने होइन तर यति चर्को शुल्क तिर्न नसक्ने बताए । उनले आफ्नो विद्यालयमा कक्षा १० मा पढ्ने सबै बिद्यार्थीले परिक्षाको बिषयमा अझै थप आन्दोलन गर्ने र जिल्ला स्तरमा सबै बिध्यार्थी संगठन सघ छलफल भइरहेको जानकारी दिए ।

टेस्ट परिक्षा यही माघ १९ गते सुरु हुँदैछ । श्री बिरेन्द्र उच्च माध्यामिक बिद्यालयले टेष्ट परीक्षामा परिक्षा शुल्क भन्दै ३ सय ८० रुपयाँ अशुलेको छ । यसै बिषयमा सासले सो बिद्यालयका प्रधानाध्यापक लाल बहादुर डाँगीलाई फोन सम्पर्क गर्दा जिल्ला परिक्षा समितिले रोल्पाको बैठक बसेर गरेको निर्णय हो यसको बारेमा जिल्लाको निर्णय अनुसार नै शुल्क लिएको र खारेजी गर्ने अवस्थामा पनि  निर्णय हेरफेर जिल्ला परिक्षा समीतीले गर्नु पर्ने बताए

जिल्ला शिक्षा कार्यलय रोल्पाका जिल्ला शिक्षा अधिकारी डा दिपेन्द्र गुरुङका अनुसार विद्यालयमा टेष्ट परीक्षाको शुल्क जिल्ला शिक्षा कार्यलयले निर्धारण नगरेको र  विभिन्न विद्यालयहरुले फरक फरक शुल्क लिदै आएको बताउनुभएको यो । विद्यार्थीलाई उतिर्णरअनुतिर्न गराउने तरिकाले टेष्ट परीक्षा लिन नहुने शिक्षा ऐन नियममै उल्लेख भएपनि टेष्ट परिक्षा लिने प्रचलन हालसम्म सबै ठाउमा हट्न नसकेको बताउनुभयो ।
यस अघि नेपाल सरकार शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले विद्यालयहरूले आन्तरिक मूल्याङ्कनको प्रयोजनका लागि शुल्क नलिई तथा उत्तीर्ण/अनुत्तीर्ण नगराउने गरी मात्रै त्यस्तो परीक्षा सञ्चालन गर्न सक्ने बताएका थिए । 


0 comments: