रोल्पाका छ वटा इलाकामा इलाका परिषद हुदै
वाकि पाच वटा इलाकामा ११ गते सम्पन्न हुने
माघ ९ ÷ रोल्पा ÷ आ.व.२०७१/०७२ को जिल्लाको वार्षिक योजना तथा कार्यक्रम तर्जुमा गर्ने सिलसिलामा रोल्पा जिल्लाका बिभिन्न स्थानमा इलाका नं. १ देखी ६ सम्ममा आज इलाका परिषद सम्पन्न हुदै छ ।
सहभागितात्मक योजना तर्जुमा प्रकृया अनुसार नै सम्पूर्ण स्थानिय निकायहरुको वार्षिक कार्य योजना तयार गरि स्थानिय निकायहरुले वर्षको कार्यक्रम कार्यान्वयन तथा अनुगमन गर्ने गर्दछ । यस प्रकृयामा ग्रामीण स्तरमा रहेका महिला, दलित, जनजाति, मुस्लिम, मधेशी, एकल महिला, तथा अन्य छेउ लागेका समुदायहरुको सहभागिता बढाई उनीहरुको पक्षमा र उनीहरुलाई नै लक्षित गरी योजना निर्माण गरिन्छ ।
यसै अुनरुप जिल्लाका सक्रिय राजनीतिक दल, बुद्धिजिवी, पत्रकार, नागरिक समाज, दलित, जनजाती, महिला बालबालिका, अपांग, क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई उपस्थिती रहेको तथा जिल्ला बिकास समिति मार्फत सहकजर्ता खटीइ सहजीकरण गरिरहेको जनाइएको छ ।
दुइचारणमा तय गरिएको इलाका परिषदमा आज जिल्लाका इलाका नं. १ देखी ६ सम्म सम्पन्न हुदैछ । जसमा इलाका नं. १ को लागी लिवाङ, इलाका नं.२ को जौलीपोखरी, इलाका नं. ३ को सुलिचौर, इलाका ४ को हार्जङ, इलाका नं ५ को जैमकसला र ६ नं. इलाकाको कुरेली खरीबोटमा संचालन भइरहेको जनाइएको छ । भने वाकी इलाका नं. ७ देखी इलाका नं. ११ सम्मको लागी यही माघ ११ गते हुने जिल्ला बिकास समितिको कार्यालय रोल्पाले जनाएको छ ।
0 comments:
Post a Comment