रोल्पा, माघ-१० । रोल्पा जिल्लाको उत्तरी गाविस राङ्सी गाबिसमा फरक खाले बिशेषता भएको पर्यटकिय सम्भावना बोकेको स्थल शिव पार्बती मन्दीर संरक्षणमा स्थानिय वासी आफै सक्रिय भएर लागेका छन् ।
स्थानिय युवा क्लब, आमा समुह,मा भएको आर्थिक स्रोत तथा वडा वासीको जनश्रम गरि करिब ३ लाख बरावर लगानि गरि दुइवटा मन्दिर र मन्दिर सम्म जानको लागी बाटोको निर्माण गरिएको युवा कृष्ण डाँगी ले बताए । शिव पार्बति मन्दिरमा एक जना पुजारीले नियमित साताको सोमबार र शुक्रवार पुजा गर्दै आएको छन । साताको मन्दिर दर्शनको लागी करिव ५० देखी १०० जना सम्म अन्य गाबिस बाट समेत आउने गरेको पुजारी प्रथमण डाँगीले बताए ।
हाल मन्दिर सम्म जान आउनको लागी बाटो अप्ठेरो भएको, त्यहा आउने दर्शनार्थीलाई बास बस्नमा समस्या भएको हुदा बाटो निर्माण र धरमशाला निर्माणको आवश्यकता रहेको स्थानिय अगुवा बलसिङ डाँगीले बताए । हालै आ.व २०७०/७१ को सम्पन्न गाउँ परिषदमा पनि प्रसस्त पर्यटकिय सम्भावना बोकेको शिव पार्बती क्षेत्रको संरक्षणको एवम् बिकासको लागी बिभिन्न निकाएमा माग गर्ने निर्णय गरिएको गाविस सचिव दया बहादुर बुढा मगरले बताए ।
कसरी पत्ता लाग्यो गुफा ?
गएको केहि बर्ष यता राङ्सी ४ निवासी प्रथमण डाँगी बहुलाए झै भएर रात न दिन हिड्ने गरेका थिए । त्यहि अवस्थामा उनि एक दिन जंगलको गुफा नजिकैको स्थानमा पुगेपछि उनलाइ दृष्टि भ्रम भयो । त्यहि मार्फत बताइएको केहि कुरा सुनेपछि सतबुद्धि फकिए छ र उनि बिउझिए झै हुदा गुफामा शिव पार्बतिको मुर्ति देखेका थिए ।
उनि सन्चौ भइ घरमा फर्किएका पछि उनलाइ भने बमोजिम मन्दिर बनाइ पुजा गर्न थाले । उक्त ठाउ २०६९ असोज महिना देखी स्थानियको लागी चर्चामा आएको स्थानिय बलसिं डागी ले बाताए । परम्परा काल भित्र जंगलमा रहेको पहरको छेउमा पहिलेका पुर्खाहरुले देउराली खेत भन्ने गरेको र त्यस खेतमा हेर्दा धर्मकर्ममा ध्यान दिने मानिसहरुले मात्र फलेको र झुलेको धान देख्ने गरेको बिश्वास हुदै आएको ठाउमा हाल आएर त्यही ठाउमा शिब पार्बती गुफा फेला पारेपछि स्थानिय बासीले शिब र पार्बतीको नाममा दुइवटा मन्दिर निर्माण गरि पुजा आजा गर्न थालिएको बताए ।
0 comments:
Post a Comment