Breaking News
Loading...
Saturday, July 18, 2015

Info Post


जिनावाङ  / साउन १ , सधै झै ठिक १० बजे अगाडि नै विद्यालयमा तीन नयाँ अनुहार देखीने गर्छन । विद्यालयको नियमित क्रियाकलापमा संलग्न हुन्छन । विद्यार्थीलाई आवश्यक क्रियाकलापमा सहयोगि भूमिका निर्बाह गर्दै आएका छन । तर विद्यालयमा आएको गएको कुनै रेकर्ड छैन ।  जिम्मेवारी कहाँ बाट कसरी पाएको हो त्यो पनि कुनै प्रमाण संलग्न भएको छैन । जिल्ला शिक्षा कार्यालय रोल्पा बाट असार २८ गते नयाँ सिफारी सुचना टास भएकै आधारमा विद्यालयमा उपस्थित हुदै आएका उनै ३  नयाँ कर्मचारी ले विद्यालय ब्यवस्थापन समिति सघ हामिलाइ विद्यालय हाजिर नगर्नुको कारण लिखित रुपमा दिन माग गरेका छन ।

 विद्यालयमा नयाँ शिक्षक भर्नाको लागि विज्ञापन लिइएको ४० दिन वितिसक्दापनि  विद्यालय ब्यवस्थापन समितिको बैठक बसेको थिएन । साउने सक्रान्तिको अवशर पारेर विद्यालयमा बोलाइएको बैठकमा सवैजसो सदस्यहरु उपस्थित भइसकेका थिए । भने अन्य विद्यालयले आमन्त्रीतको रुपमा बोलाइएका गाविस स्थरका राजनैतिक दलका प्रतिनिधीको पनि उपस्थिति देखीन्थ्यो ।

  विद्यालयमा नयाँ शिक्षक आएकोमा खुसीयाली मनाइ तत्काल शिक्षक भर्ना गर्नु पर्ने हो । तर किन विद्यालय ब्यवस्थापन समितिको बैठक बसेको छैन । नयाँ सिफारीस भएका शिक्षक लाइ हाजिर नगराइ अन्योलतामा किन राखीएको छ भन्ने विषय यस गाविसमा सबैको चासोको विषय बनेको छ । यस्ता समस्या झेल्नमा सिपालु यस विद्यालयमा भने कुनै नयाँ विषय भने पक्कै थिएन ।

के हो त समस्या ?

      जिल्ला शिक्षा कार्यालय रोल्पामा गएको असार २६ गते श्री विरेन्द्र उच्च माद्यामिक विद्यालय नाउली जिनावाङ मा ३ जना कर्मचारी नियूक्तिको लागि लिइएको विज्ञापनको परिक्षाको लागि बोलाइएको थियो । माद्यामिक तह विषय नेपाली पद लिएन, निम्न माद्यामिक तह विषय गणित लिएन पद, सहायक लेखापाल को एकै साथ परिक्षा हुनेगरि असार २६ गते हुने भनेको परिक्षा जिल्ला शिक्षा अधिकारी नेपाल हरि रानाभाट र विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भिम बहादुर वली प्रअ कमल राज डाँगीको कुरा आपसि तालमेल नखादा परिक्षाको लागि अर्को दिन २७ गते विहान १० बजे सारिएको थियो ।


परिक्षा संचालन भएको लगतै २ घण्टामा लिखीतको नतिजा सार्बजानिक गरियो । सार्बजनिक नतिजा अनुसार अन्तरवार्ताको लागि आधा घण्टा भित्र उपस्थित हुन भनियो । परिक्षाको पारदर्शिता,स्वच्छता र निष्पक्क्षताको लागि जिल्ला शिक्षा कार्यालयमा संचालन गरिएको परिक्षा आफैमा विवादस्पद बनाउनमा सहभागि भए जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक अम्मर वहादुर के सी ।


करार शिक्षक छनौट समितिको अध्यक्ष भिम बहादुर वली र सदस्य सचिब कमलराज डाँगी लाइ सहभागि नगराएरै जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिको रुपमा तोकिएका विनी अम्मर बहादुर केसीले एक्लै संचालन गरे । परिक्षा छनौट समितिका अध्यक्ष भिम वहादुर वली प्राङ्गनमा बसिरहेका थिए भने सदस्य सचिव वजार तिर देखीन्थे । आपसी तालमेल नमिलेकै कारण विनि अम्मर बहादुर केसीले परिक्षा हातमा लिएको परिक्षा मा संलग्न परिक्षार्थिले बताए ।



लिखित परिक्षाको नतिजा निकाल्न २ घण्टा नलगाउने समितिले भने अन्तरवार्ताको नतिजा निकाल्न झण्डै २४ घण्टा लगायो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिम वहादुर वली भने परिक्षा संचालन सम्वन्धी आफुलाइ सहभागी नगराइएको र विनि अम्मर बहादुर केसी कसैद्धवार परिचालित भएको आरोप लगाए ।  मलाइ लेखिएको कागजमा हस्ताक्षर गर्न भनिएको थियो मैले हस्ताक्षर गरेको छैन र परिक्षाको निष्पक्षतामा प्रश्न चिन्ह खडा भएको छ । यहा बाट पठाइएका शिक्षकलाइ विद्यालयमा हाजिर गराउदैनौ  भन्दै नतिजा प्रकाशन नगरेरै घरतिर फर्के ।


उता प्रअ कमलराज डाँगी भने परिक्षा कसरी भयो लिखीत परिक्षा गरेको देखे वाकी मलाइ थाहा छैन । विनी अम्मर बहादुर केसी लाइ सोध्नु पर्छ । मलाइ राति साढे ८ बजे जिल्ला शिक्षा कार्यालयमा लिएर विद्यालय निरिक्षक अम्मर वहादुर केसी र जिल्ला शिक्षा अधिकारी नेपाल हरि रानाभाटले यो लेख त्यो लेख भन्दै लेख्न लगाइ हस्ताक्षर गराएको  बताए र परिक्षाको पारदशितामा भने प्रश्न चिन्ह खडा भएको उनको भनाइ रहेको थियो ।


परिक्षामा संलग्न परिक्षार्थीले जिल्ला शिक्षा कार्यालय रोल्पामा परिक्षा अनियमिततको बुदागत रुपमा संलग्न गरि उजुरी दिए । जसमा निम्न माद्यामिक विद्यालय र माद्यामिक विद्यालयको बस्तुगत प्रश्न पत्र एउटै भएको । विषय बिषेशज्ञ नराख्न भनिएका ब्यक्ति लाइ राखीएको, अन्तरवार्तामा विद्यालय निरिक्षकले शिक्षक छनौट समितिका अध्यक्ष र विद्यालयका प्रअ लाइ बेवास्ता गरि संचालन गरिएका लगाएतका पाँच बुदा संलग्न गरि विद्यालय,जिल्ला शिक्षा कार्यालय रोल्पामा लगाएतका स्थानमा उजूरी दिए ।


उता परिक्षा संचालनमा पैसाको चहलखेल भएको भन्दै विभिन्न ठाउवाट कुरा चलिरहे । त्यसको प्रमाण कसैले जुटाउन सकेन । पैसाको चलखेल गरेको आरोप लगाएको भन्दै मा जिल्ला शिक्षा कार्यालयमा प्रअ कमल राज डाँगीलाइ समस्यामा पारिएयो । निजले कुनै कुरा नगरेको बरु तपाइहरु कानुनको रखवालाहरुले अनिएमितता भएको देखेर बोल्न नचाहानेहरु बेइमानि भएको कुरा जिल्ला शिक्षा कार्यालयमा उपस्थित परिक्षार्थीले बताएपछि उनि आरोपबाट मुक्त भएका थिए ।


हाल आएर श्रावणको १ गते वसेको विद्यालय ब्यवस्थापन समितिको बैठकले जिल्ला शिक्षा कार्यालय रोल्पाका विद्यालय निरिक्षक अम्मर वहादुर केसीले सिफारीस गरेका शिक्षकलाइ हाजिर गराउने नगराउने वारेमा विवादमा नै अल्झीए । जिल्लामा परिक्षा संचालन गराउन गएका अध्यक्ष र प्रअले परिक्षामा अनियमितता भएको बताएपछि विवादका विचमा लेखेको बैठक पुस्तीका काटेर बैठक स्थगित भएको ब्यवस्थापन समितिका एक सदस्यले बताए ।


विद्यालयमा यस पटक भएको विवाद यस विद्यालयका लागि भने कुनै नयाँ होइन । यस अधि पनि सहलेखापालको लागि दुइ दुइ पटक परिक्षा संचालन गरि विदाद झेल्दै यहा सम्म आएको थियो ।  बारम्वार दोहोरीने दिद्यालयका विभिन्न विवादले विद्यालयका विद्यार्थीको पढाइमा गम्भिर असर परेको देखीन्छ । सरोकार वाला निकाय जिल्ला शिक्षा कार्यालय समस्या उल्झाउन सक्रीय हुने तर समाधान गर्न भुमिका निर्वाह गर्नुको साटो उल्टै प्रअ लाइ सबै अधिकार दिन्छु शिक्षक हाजिर गराउ सबै समस्या समाधान हुन्छ भन्दै गरेको प्रअ कमल राज डाँगी बताउछन ।