जेठ १३ राेल्पा, नमुना विद्यालय निर्माणका लागि भन्दै स्थापना गरिएकाे अक्षयकाेषमा ३ दिनमा ५ लाख भन्दा बढि रकम जम्मा भएकाे छ। राेल्पा जिल्लाकाे सुदुरपश्चिम गाविस जिनावाङमा रहेकेा श्री सिद्दार्थ निम्न माद्यामिक विद्यालयमा यस अभियानकाे थालनि गरिएकाे हाे । यस अभियानमा जिल्ला शिक्षा कार्यालय राेल्पाका शाखा अधिकृत कृष्ण चन्द्र पाेख्रेले समेत रू २५ हजार अक्षयकाेषमा जम्मा गरि सहयाेगि हात अघि बढाएका छन ।
अार्थिक हिसावले सामान्य यस गाविसमा पेशा कृषि,सामान्य जागिर बाकि बैदेशिक राेजगारिकाे भरमा जिवन निर्वाह गर्छन। हाल सम्म उठाइएकाे अक्षयकाेषकाे रकममा अधिकतम ७५ हजार देखी न्यूनतम १० हजार सम्म रहेकाे छ । सहयाेगि हातहरूमा यस विद्यालयमा शिक्षा लिएका , शिक्षा दिदै गरेका शिक्षक अभिभावकाे सहकार्य रहेकेा छ ।
आफ्नो स्कुल आफै बनाउ, बालबालिकाको भविस्य उज्यालो पारौ ! थाेपा थाेपा मिलेर समुद्र बन्छ । हामिले चाहे के कुरा सम्भब छैन र ? स्थानिय यूवाहरूले काधमा काध मिलाएर यस अभियानकाे थालनि गरेका छन । देश देखी विदेश, जिल्ला देखी राजधानि सम्म रहने युवाहरूले यस अभियानलाइ अगाडि बढाउन सहयाेग गरेका छन ।
नव गठित विद्यालय ब्यवस्थापन समितीकाे गठन अगाबै नमुना विद्यालयकाे लागि बहस चलाएका यूवाले विद्यालय ब्यवस्थापन समितीकाे अध्यक्षमा पनि जुजारू युवा तथा पूर्ब जनमूक्ति सेना श्री तिलकराम वली लाइ नै सर्बसहमतिमा ल्याउन सफल भए ।
नमुना विद्यालय निर्माणकाे लागि बनाइएकाे याेजनामा शैक्षिक सुधार, भाैतिक संरचनाकाे विकास,अार्थिक निर्माण अभियान , सुचना संचार लगाएतका बुदामा महत्वकांक्षि याेजनाहरू बनाइएकाे उनकाे फेसबुक मा पाेष्ट मार्फत जानकारी गराइएकाे छ ।
तीन महिनामा ५ लाख भन्दा बढिकाे अक्षयकाेष निर्माण गर्ने लक्ष्य लिएकाे विद्यालयले समिती तथा उपसमितीकाे सक्रियतामा तीन दिनमानै लक्ष्य भन्दा माथि गएका हुन । उनिहरूकाे फेसबुक पेजमा लेखिएकाे छ "सम्पूर्ण सहयोगी दाताहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै, हाल २०७३ जेष्ठ १३ गते (26 May 2016) सम्म देश विदेशवाट अक्षकोषका लागी घोषित भएको रकम ५,३५,०००/- भएको बेहोरा जानकारी गराउछाै" ।
विद्यालयकाे परिवर्तनकाे लागि बिद्यालय शिक्षक परिवार, बिद्यालय व्यवस्थापन समिती (वि.व्य.स.), शिक्षक अभिभावक संघ (शि.अ.स.) बिद्यालय अक्षकोष समिति (वि.अ.स.), बिद्यालय सुचना बिभाग (वि.सु.वि.) सबैले उत्तिकै भूमिका निर्वाह गरि अगाडि बढेकाे छन।
नमुना विद्यालयका लागी हाम्रा आगामी योजनाहरु
शैक्षिक स्तरका लागि आगामी हाम्रा महत्वाकांक्षी योजनाहरु:
१) शैक्षिक सुधार
२) भौतिक संरचनाको बिकाश
३) आर्थिक निर्माण अभियान
४) सुचना संचार
१. शैक्षिक सुधार :
✌आज बिश्व भुमन्डलिकरण भै रहेको अबस्थालाइ मध्यनजर गरि शिक्षालाइ अन्तर्राष्ट्रियकरण गर्न यो बर्ष देखि शिशु र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट पठनपाठनको ब्यबस्था लागू गरिएको छ !
✌अङ्ग्रेजी माध्यामलाइ निरन्तरता दिन प्रत्यक बर्ष क्रमिक रुपमा कक्षा वाइज अङ्ग्रेजी माध्याम लागू गर्दै जाने र १० कक्षा सम्म पुर्न लागू गर्ने !
✌सतप्रतिसत SLC उतिर्णका लागि कक्षा १० का बिध्यार्थिलाई आवासिय बिद्यालयको ब्यबस्था गरि ब्यबस्थित अध्यनको पहल निकट भबिस्यमै गर्ने !
✌शैक्षिक स्तरका लागि बिद्यालयमा बिधिन्न अनुगमन तथा परिक्षण/परिचालन समिती निर्माण गरिएको छ !
✌कक्षा १ देखि कक्षा १० सम्म मासिक परीक्षाको ब्यबस्था गरिएको छ र परीक्षा नतिजा पछि बिध्यार्थीको क्षमाताको लागि अभिभाबक र शिक्षकको मासिक अन्तरक्रिया ब्यबस्था गरिएको छ !
✌प्रोजेक्टर द्वारा इपाठ (अडियो भिडियो बाट) पठनपाठनको ब्यबस्था गर्ने !
२. भौतिक सुधार :
✌पुर्ण आवासिय बिद्यालयका लागि विभिन्न सरकारी गैरसरकारी सँस्थाहरु सग समन्वय गरि योजना तर्जुमा गर्ने !
✌बिद्यालयको भौतिक संरचना संम्रक्षकका लागि र ब्यबस्थित बजार ब्यबस्थापनको लागि अमनि ल्याउने !
✌खाने पानीको ब्यबस्था गर्ने !
✌अध्यन सामाग्रीका लागि पब्लिक लाइवेरिको ब्यब्स्था गर्ने
✌सुचना संचारका लागि बिद्यालयमा ईन्टरनेटको ब्यबस्था गर्ने
✌आबश्यक सामाग्रीको ब्यबस्था गर्ने
✌आबश्यक दक्ष शिक्षकको ब्यबस्था गर्ने
३. आर्थिक अभियान:
✌बिद्यालयलाई नमुना बिद्यालयको रुपमा स्थापित गर्न प्रमुख आधार नै आर्थिक आधार हो ! जस्को भर पर्दो र दीर्घकालीन आधार/स्रोत अक्षकोषको तय गरिएको छ ! यस्को निर्माण र सन्चालनका लागी "एकघर एकअक्षकोष" आर्थिक अभियान थालनी गरिएको छ ! उक्त अभियान लाई देश बिदेशमा रहनु हुने युवा, बुद्धिजीवी, अभिभावक, ब्यापारी, शिक्षक, कर्मचारी तथा राजनितिक दलहरुको सहयोगका लागि अनुरोध गर्ने छौ !
१) ३ महिना भित्र ५ लाख भन्दा माथिको अक्षकोष निर्माण गर्ने !
२) १ बर्ष भित्र १० देखि २० लाख सम्मको अक्षकोष निर्माण गर्ने !
३) ३ बर्ष भित्र ५० देखि २० लाख सम्मको अक्षकोष निर्माण गर्ने !
स्मरणहोस अक्षकोषलाई प्रत्यक्ष प्रयोग गरि सिध्याउन मनाही हुन्छ तर त्यस बाट आर्जित ब्याजदरबाट बिद्यालय ब्यबस्थापनमा खर्छ गरिने छ ! जस्ले गर्दा निर्माण गरिएको अक्षकोष हाम्रो पुस्तौ -पुस्ता सम्म जिवित रहने छ !
४. सुचना संचार
✌बिद्यालयको मातहतमा संचार बिभाग निर्माण गरिएको छ ! बिद्यालयका विभिन्न गतिबिधी बारे इतिहास र वर्तमान तथा भावी कार्ययोजनाहरु लाई बिद्यालयको फेसबुक, इमेल र वेबसाईट मार्फत निरन्तर प्रवाह गरिनेछ !
अन्तमा: माथिका योजनाहरु छोटकरीमा तपाइहरु समक्ष पेश गरेका छौ ! नमुना बिद्यालय ब्यबस्थापनका लागि विभिन्न बिभागहरु निर्माण गरि उक्त बिभागहरुले अत्यन्त महत्वपूर्ण कार्ययोजनाहरु प्रस्तुत गरेका छन जस्को बिस्तृत जानकारी निकट भबिस्यमै बन्ने बिद्यालयको वेबसाईट मार्फत दिने छौ !
तपाइँ सचेतकहरु वाट निरन्तर सल्लाह सुजावको अपेक्षा गर्दछौ !
आफ्नो स्कुल आफै बनाउ, बालबालिकाको भविस्य उज्यालो पारौ !
धन्यवाद
बिद्यालय शिक्षक परिवार
बिद्यालय व्यवस्थापन समिती (वि.व्य.स.)
शिक्षक अभिभावक संघ (शि.अ.स.)
बिद्यालय अक्षकोष समिति (वि.अ.स.)
बिद्यालय सुचना बिभाग (वि.सु.वि.)

0 comments:
Post a Comment