क्रान्तिकारी साहित्यकार एवं जनपक्षीय पत्रकार कृष्ण सेन इच्छुकलाई ०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमा कुटेर मारिएकाे थियाे ।
उनै इच्छुककाे सम्झनामा हरेक वर्ष माअाेवादी निकट पत्रकार र साहित्यकारहरूले अाजैका दिन स्मरण गर्ने गर्दछन् ।
माअाेवादी केन्द्र, विप्लव माअाेवादी र वैद्य माअाेवादीलगायत विभिन्न पार्टी निकट पत्रकारहरूकाे संयुक्त कार्यक्रम भएकाे थियाे । कार्यक्रममा वक्ताहरूले कृष्ण सेन इच्छुकका हत्यारालार्इ कार्वाही गर्न सरकारलार्इ अाग्रह गरेका थिए ।
कृष्ण सेन ईच्छुक पत्रकार, साहित्यकार र राजनीतिका निस्थावान योद्धा व्यक्तित्व भएको सरल इमान्दार तथा सपना र व्यवहारका कुसल कर्ता भएको विश्लेशन आजका प्रमुख अतिथि क. जागृती, अतिथिहरु महेश न्यौपाने, काशीराम डाँगी, खेम वुढा मगर, मौसम रोका मगर, डी.वी.टुहुरे, नवीन लोचन मगर, मनिषा श्रेष्ठ, जीवन डाँगी, कविता उपाध्य, लोकराज श्रेष्ठ लगाएतले आ आप्mना धारणा मनतव्य राख्नुभयो ।
उपाध्यक्ष भरत नेपालीको स्वागत मनतव्य वाट शुरु भएको कार्यक्रमको संचालन सचिव हर्क घर्ति मगरले गर्नभएको थियो । कार्यक्रममा संचारकर्मी, साहित्यकार तथा विभिन्न संघ संस्थाका अगुवाहरुको पनि उपस्थिती रहेको थियो ।

0 comments:
Post a Comment