Breaking News
Loading...
Tuesday, March 31, 2020

Info Post
चैत्र १८, रोल्पा । कोरोना भाइरसले विश्वभर महामारीकाेरुपमा फैलिरहेकोबेला राेल्पाको ग‌ंगादेब गाँउपालिकाले चेतनामुलक गतिविधिलाइ तिव्र बनाएको छ । बिगतमा साेलार ब्यापारी तथा समाजसेविकाेरुपमा परिचित गंगादेब गाँउपालिका वडा ३ का अध्यक्ष जलेश कुमार केसी  कोरोना रोकथामका लागि सुरक्षाका सामानहरु बाट्दै हिडेका छन । 
स्वास्थ्यकर्मिलाइ मास्क हस्तान्तरण गर्दै वडा अध्यक्ष जलेश कुमार केसी ।। तस्विर जलेश केसिको फेसबुक वालबाट               

 स्थानीय सरकारले कोरोना बिरुद्द जागरुक गर्ने निर्देशन अनुसार रोल्पाको गंगादेव गाँउपालिका जनप्रतिनिधिहरु कोरोना रोकथामका लागि बिशेष निगरानी बढाएका छन् । वडा न‌ं ३ मा पर्ने नाकाहरुमा चेकपोष्ट खडागरि रोल्पा बाहिरबाट गाउँमा प्रवेश गर्नेहरुलाई निशुल्क माक्स र सेनिटाईजर वितरण गर्दै उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बिशेष निगरानी गरिएको छ ।
वडाध्यक्ष जलेश कुमार केसीले स्वयम माक्स, साबुन, सेनिटाइजरहरु निशुल्क वितरण गरिरहेका छन् । सल्यान र रोल्पाको सिमानामा पर्ने मुख्य नाका झ्याममा बसेर दैनिक निगरानी बढाई रहेका छन् । भारत र काठमान्डौबाट दाङ हुँदै पैदलयात्राबाट रोल्पा आउने मुख्य नाका भएको हुँदा निगरानी गरिरहेको केसीले बताए । माक्सहरु वडामै उत्पादन भैरहेको बताए ।
बिगतमा उनि साेलार  ब्यापारीकाेरुपमा चिनेका स्थानियले  वडा अध्यक्ष निर्बाचित भएपछि उनि गाँउ गाँउमा नआएकोमा गुनासाे समेत गर्दै आएका थिए । तर उनि गाँउ गाँउमा आएर सुरक्षा सामाग्रिहरु बाटेको देख्दा स्थानियले खुसि समेत ब्यक्त समेत गरेका छन । 
आधारभुत स्वास्थ्य केन्द्र वडा ३ का स्वास्थ्यकर्मी माक्स, साबुन र सेप्ठी जाकेट हस्तान्तरण गरेका थिए । भने उनले यसअघि कोरोना सचेतनाका लागि आफै गाउँगाउँ पुगेर माइकिंङ समेत गरेका थिए । वडा नं ३ मा मास्क निर्माणलाइ पनि जाेड दिइएको छ 

0 comments: