दाङ ,चैत्र १८ आफ्ना नागरिकलाई खाद्य संकट हुन नदिन बंगलाचुली गाउँपालिकाले खाद्य बैँक स्थापना गरेर खाद्य सामाग्री जुटाउने अभियानको थालनि गरेको छ । कोरोना भाईरसले विश्व आक्रान्त पारेको र देशभर भएको लकडाउनको अवधिमा बंगलाचुली गाउँपालिकामा खाद्य संकट हुन नदिनका लागि गाउँपालिकाले खाद्य बैँक स्थापना गरेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनुभयो ।
यसै विच गाउँपालिकाले स्थापना गरेको खाद्य बैँकमा खाद्य सामाग्री जुट्ने क्रम सुरुभएको छ । गाउँपालिकाले स्थापना गरेको खाद्य बैँकमा सगरमाथा सिमेन्ट उद्योग, राष्ट्रिय युवा संघ नेपाल दाङले खाद्य सामाग्री उपलब्ध गराएको छ । सगरमाथा सिमेन्ट उद्योगले ३३ क्विन्टल ७५ के.जी. चामल, र २ क्विन्टल दाल मंगलबार उपलब्ध गराएको छ भने १६ क्वीन्टल चामल, १ क्वयीन्टल नुन पुन उपलब्ध गराउने प्रतिब४ता जनाएकोछ ।
त्यसैगरि राष्ट्रिय युवा संघ नेपाल दाङले पनि बंगलाचुली गाउँपालिकालाई खाद्य सामाग्री उपलब्ध गराएको छ ।युवा संघले जिल्ला प्रशासन कार्यालय दाङमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारीमार्फत् बंगलाचुली गाउँपालिकालाई खाद्य सामग्री हिजाे हस्तान्तरण गरेको हो । संघले ४७ बोरा चामल,१ बोरा दाल,२ बोरा सोयाविन,४ पेटि तेल,२ बोरा नुन बंगलाचुली गाउँपालिकाको खाद्य बैँकलाई उपलब्ध गराएको छ ।
यसैगरी बंगलाचुली गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुले पनि गाउँपालिकालाई सहयोग गरेका छन् । गाउँपालिकालाई प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले 20 हजार,आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद आचार्यले १० हजार,अधिकृत छैठौँ गोपाल के.सीले १० हजार,ईन्जिनियर विकेश न्यौपानेले १० हजार ,सव ईन्जिनियर शक्ति जि.सी.ले ५ हजार, खापासटे पाँचौ भरत डाँगीले ५ हजार,खापासटे चौँथो ऋषिकेष क्षेत्रीले ५ हजार, सहयोग गर्नु भएको छ ।
बंगलाचुली गाउँपालिकालाई नव सृजनशिल निर्माण सेवा प्रा.लिका रवी गौतमले ५० हजार र , तिरुपाते निर्माण सेवा जे.भी.का प्रविन भण्डारीले २५ हजार, डाक्टर जनार्दन पन्थी द्वारा ५ पपई सेट सहयोग गर्नु भएको छ । गाउँपालिकालाई सहयोग गर्न चाहाने अन्य कर्मचारीहरुले समेत सहयोग गर्न सकिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी गराउनु भएको छ ।
यसैविच बंगलाचुली गाउँपालिकाको कार्यालयले विपद्को समयमा सबैलाई सहयोगको अपिल गरेको छ । गाउँपालिकाले देश तथा विदेशमा रहेका व्यक्ति तथा संघ संस्थाहरुलाई आफ्नो गक्षअनुसारको सहयोगको आह्यवान गरेक हो ।आर्थिक सहयोग गर्न चाहानेहरुका लागि गाउँपालिकाले बंगलाचुली गाउँपालिका विपद् व्यवस्थापन कोषको नाममा खाता खोलिएको छ । सिटिजन्स् बैंक ईन्टरनेस्नल लिमिटेड बंगलुचली शाखामा रहेको खाता नं. 0670100000390201 मा सहयोग रकम जम्ममा गरिदिनुहुन अनुराेध गरेकाे छ ।
साथै खाद्यन्न तथा अन्य सहयोग गर्न चाहानेहरुका लागि 9849181378,9857835209 र 9857835552 मा संपर्क गर्न समेत अपिल गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला



0 comments:
Post a Comment