टेकम वली ÷ रोल्पा माघ १(रोल्पाको सदरमुकाम लिवाङमा रहेको टुँडिखेललाई बचाउने भन्दै दुईदिनसम्म अभियानमा जुटेको मिडिया प्वाइन्ट रोल्पाले स्थानियको १ हजार ११ हस्ताक्षर जम्मा गर्न सफल भएको छ ।
दुइ दिन सम्म अभियानको थालनी गरेको टँुडिखेल बचाउ अभियान अन्तरगत हस्ताक्षर अभियानमा मिडिया प्वाइन्टले स्थानियको लिखित सहिछाप सङ्कलन गर्न सफल भएको मिडिया प्वाइन्ट रोल्पाका अध्यक्ष रोहित केसीले बताउनु भयो ।
वारम्वार मिडिया र मिडियाकर्मिहरुले टुडिखेल ब्यवस्थापनबारे बिषय उत्थान गरे पनि अझै सम्म अस्तब्यस्त भएकोले रोल्पाको मुटु सदरमुकाम लिवाङको टुडिखेललाई ब्यवस्थीत गर्न सबैको दवावका लागि हस्ताक्षर सङ्कलन गएिको अध्यक्ष केसीले बताउनु भयो ।
बिगतमा जिल्ला परिषदले टुँडिखेललाई ग्रीन पार्कको रुपमा बिकास गर्ने बताए पनि कागजमा मात्र सिमित भएपछि आगामी जिल्ला परिषदमा सुनुवाइ हुने वातावरण बनाउन अभियान शुरु गरिएको हो । अभियानमा जिल्लाका बिभिन्न संघसंस्थाहरुले समेत एक्यवद्धता जनाएका थिए ।
अभियानलाई सफल बनाउन गैरसरकारी संस्था महासंघ, नागरिक समाज, नागरिक सञ्जाल, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ , रोल्पा प्याब्सन , हुरेक, आर.आर.एन रोल्पा, हरप्लेस रोल्पा लगाएत दर्जन बढि संघसंस्था तथा जिल्लाका सञ्चार माध्यामले सगै हातेमालो गरेका थिए ।
यस भन्दा अगाडि स्थानिय सञ्चारकर्मीले सामाजिक सञ्जाल मार्फत समेत अभियान अगाडि बढाएका थिए । भने पत्रकार महासंघले ध्यानाआर्षण गराउन गराउन हिलाम्य टुडिखेलमा धान समेत रोपेको थियो ।
सामाजिक संचाल र समाचार लेखनको माध्यामबाट मात्रै समस्या समाधान हुने नदेखीए पछि प्रत्यक्ष रुपमा स्थानियको हस्ताक्षर सङ्कलन जुटेको हो । पत्रकार महासंघ रोल्पाका अध्यक्ष मौसम रोकमगरले पहिलो हस्ताक्षर गरी सुरु गरिएको अभियानमा गोकुल घर्तीमगर देखी लिएर बिभिन्न पार्टी केन्द्र देखी जिल्ला सम्मका नेता तथा शिक्षक बिद्यार्थी ,कर्मचारी र स्थानियबासीको हस्ताक्षर देख्न सकिन्छ ।
यस हस्ताक्षर संकलन पश्चात औपचारीक कार्यक्रम गरि सरोकारवाला निकाएलाई बुझाउने अध्यक्ष के.सी.ले बताउनु भयो ।


0 comments:
Post a Comment