Breaking News
Loading...
Tuesday, January 14, 2014

Info Post

           टेकम वली ÷रोल्पा ÷माघ १ ( मगरहरुको महान पर्ब माघि सक्रान्तिको अवसरमा आयोजित बृहत रोल्पा मगर सांकृतिक तथा कृषि मेला महोत्सब आजदेखी रोल्पाको लिवाङ्गमा सुरु भएको छ । 

                             माघ १ र २ गते चल्ने भनिएको  महोत्सबको आर्कषक मगरहरुको संकृतिमा हुने मयूर नाच, सारङी नाँच, पैसेरु नाँच, ह्याम्पै नाँच, भुम्या नाँच, तारा हान्ने खेल साथामा चेलिबेटीलाई गुन्यै चोली बितरण कार्यक्रम, खिचडि खाने र स्थानिय स्थरमा उत्पादित कुर्षि प्रर्दशनि मेला आदि रहेको आयोजकले बताएको छ । 

              माघि पर्व रोल्पामा पहिलेदेखी मनाउदै आएको चलन भएतापनि यस्तो महोत्सब आयोजना भने पहिलो पल्ट गएिको हो  । 

                 “यसको उद्देश्यअनुसार काम भयो भने अवश्यपनि सार्थकता पाउँछ नै । विशेषतः हाम्रो संस्कार, संस्कृतिको संरक्षण मात्रै नभएर सम्बन्धित निकायको ध्यान केन्द्रीत गराउने पनि हाम्रो मूख्य उद्देश्य रहेको छ । हामीले माघेसंक्रान्ति पर्वलाई राष्ट्रिय पर्वका रुपमा विकास गराउन चाहन्छौं । हाम्रो मूल उद्देश्य यसैमा जोडिएको छ ।’’ आयोजक अध्यक्ष अमृत बाठामगर बताउनु हुन्छ । 






0 comments: