टेकम बिवस वली
रोल्पा समाचारदाता
माघ ३ रोल्पा÷ जिनावाङ्ग गाबिसमा रहेको बाह्रजथाक कृर्षि सहकारी संस्था ले बितरण गरेको मार्फाचौडा रायो साग रु १०,००,००० बराबर मुल्य भन्दा बढिको उत्पादित बिज (२५ क्विन्टल) भन्दा बढि घरमै थन्कदा किसानहरु चिन्तीत भएका छन ।
किसानले आफुले लगाएको वाली हावा पानी रोग किरा वा अन्य यस्तै चिजले लगेमा कस्तो मान्थे होला तर रोल्पा जिनावाङ्ग गाबिस का किसानहरुले यि सबै चिजबाट बचाएको महंगो मुल्यमा बेच बिखन गरिने मानिदै आएको मार्फाचौडा रायो सागको बिज बिक्रि नभइ घरमै थन्कीदा किसानहरु चिन्तीत भएका हुन ।
रोल्पा जिल्ला को जिनावाङ्ग गाबिस मा बिगत एक दशक भन्दा अघि देखी नै मार्फा चौडाको खेति गरिदै आएको देखीन्छ । बिगतका बर्षहरुमा रायो साग राम्रो उत्पादन भए पनि खास सबै किसानहरु यस तर्फ आर्कशित थिएनन । २०६९ सालमा केहि किसान हरुले उत्पादन गरेको मार्फा रायोले प्रति के जि रु ५०० का दरले बिक्रि भएपछि यस बर्ष रायो खेति ले निकै चर्चा पायो ।
बिगतका बर्ष झै यस बर्ष पनि रायोखेति गराउनका लागी धेरै एजेन्टहरुले गाँउ गाँउमा बिउ बिजन बितरण गरे । किसानहरुले पनि मनग्य आम्दानी पाउने आसाका साथ गत सालको भाद्र महिनामा नै ब्याड तयार गरी खेतिको सुरुवात गरेका थिए ।
दश महिना बारीमा नै काम गरेर किसानहरुले जेष्ट महिना सम्ममा रायो साग घरमा त भित्र्याए र आ आफ्नो बिउ बिजन बितरण गरे अनुसारको एजेन्ट ब्यापारी किसानकहा गई मार्फा साग लगाएत काउली मुला लगाएतका बिउ बिजन जाच पास तथा हेर फेर गरि गत साल भन्दा प्रति के जि रु १०० कम मुल्यमा अर्थात रु ४०० प्रति केजिमा केहि एजेन्ट ब्यापारी ले उठाए भने केहि एजेन्ट ब्यवापारीले उत्पादन धेरै भएको भन्दै रु ३०० प्रति के.जि. को दरले किसानबाट लिने काम गरे । तर बाह्रजथाक कृर्षि सहकारी संस्था जिनावाङ्ग ले बितरण गरेको बिज मार्फत उत्पादन गरिएको रायो साग को लागी कुनै पनि ब्यापारी नपाएको र कृर्षि सहकारी संस्था आपैmले उत्पादीको लागी बितरण गरिएको बिज बाट उत्पादीत बिज पठाउने ब्यापारी नपाउदा किसानहरु चिन्तीत भएका हुन ।
दिनभरी काम गरेर परिवार पाल्ने किसानहरुको उत्पादीत बस्तु बजार पठाउन नसक्दा परिवार कसरी पाल्ने भन्ने चिन्तामा परेको छ । आफुले गरेको लगानीको उत्पादन बिक्रि बितरण नहुने तथा बिज बितरण गर्ने सहकारीले पनि बिज नउठाउने पक्का भएपछि परिवार पाल्नलाई उनिहरु पैसाको लागी भारतमा पुगेका छन । प्र्रदेशमा गएर पैसा कमाउन सुरु गरेतापनि आफ्नो गरेको मिहिनेत कस्लेपो बिर्सिन्छ र ? आफ्नो उत्पादीत रायो बिक्रि हुन्छ कि भनेर फोनबाटै भएपनि श्रीमतिलाई बारम्बार एजेन्टहरुलाई भेट जानु भन्ने गर्छन । त्यहि एजेन्ट भेट्नबाट फर्किएकि इश्वरी वली भन्नुहुन्छ हामि जस्तो गरिवलाई हेर्ने को होला यस बर्ष त आफ्नै बारीमा उत्पादन गरेर परिवार पाल्न सकिन्छ भनेर खुसी लागेको थियो । झण्डै पचास हजार बराबरको साग नै बेच्न नपाईने भएपछि परिवार पाल्नलाई त कमाई गर्न त्यहि प्रदेश त जानईपर्यौ नि । उहाँ निरास हुदै पिडा यसरी पोख्नु हुन्छ । हामिले उत्पादन गरेको साग तेल नै बनाएर खाइउ भने तिनहजार भन्दा बढिको हुदैन यहि सागको लागी औषधि खर्च मात्र ५००० भन्दा माथिको छ हाम्रो दुःख त यस्तै छ, यस्तै रहेछ ।
उहाजस्ता फण्डै २० घर परिवार भन्दा बढिको घरमा गरी २५ क्विन्टल भन्दा माथि मार्फा रायो साग घरमै थन्कीएको छ ।
यता भने नेपाल सरकारले नेपालीहरुलाई कृर्षि पेसामा आत्मा निर्भर बनाउने भनेर गफ मात्र फलाकेको होइन बजेट पनि त्यहि हिसाबमा उपलब्ध गराएको छ ।
बिभिन्न तालीम दिएर उत्पादनमा बढावा गर्न सिकाईन्छ तर उत्पादित बस्तुलाई उचित ब्यवस्थापन गर्न नसकिदा खोलाको किनारमा थन्काउदै परिवार पाल्न हात थाप्न प्रदेश तिर जानु पर्छ जानु पर्छ ।
निति र नियमलाई केबल कागजको पानामा सिमित गर्नु भन्दा बिनियोजित बजेटलाई उत्पादित कृर्षि बस्तुहरुलाई बजार ब्यवस्थापनमा सहयोग पुर्याउने खालका योजनालाई बिशेष ध्यान दिनुपर्ने आवश्यक देखीन्छ । फलत यहाँका किसान जस्तै अन्य किसान प्रदेशको गुलामी तथा बिदेशमा पसिना नै बहाउन जानु पर्दैन कि ? कृषकका यस्ता समस्यामा सम्बन्धीत बिभागको ध्यान भया ......।
0 comments:
Post a Comment