नसोधी नबोली आउँछ भूकम्पीय बिपदा, जागौ जुटौ बनाउन सृष्टिको सम्पदा भन्ने मुल नाराका साथ १६ औ भूकम्प सुरक्षा दिवश कार्यक्रम रोल्पाको लिवाङ्गमा पनि भब्यताका साथ सम्पन्न भएको छ ।
जिल्ला बिकास समितिको कार्यालय रोल्पाको प्राङ्गण बाट सुरु भएको र्यालीमा सरकारी कार्यालयका सम्पूर्ण कर्मचारी , गैर सरकारी संस्थाका कर्मचारी, राजनैतिक दल , स्थानिय ब्यापारी, बुद्धिजिबी ,पत्रकार , समाजसेबी , लगाएत स्थानिय बासीको समेत सहभागीता रहेको थियो ।
शहरी बिकाश तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रोल्पा, नेपाल रेडक्रस सोसाइटी शाखा रोल्पा र नेपाल ग्रामिण पूणर्निर्माण संस्था आर.आर.एन. रोल्पाकको संयूक्र आयोजनामा संचालन भएको सो र्याली मा प्रमुख भुमिका शहरी बिकाश तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रोल्पाको रहेको थियो ।
र्याली बाट बजार परिक्रम गरिसकेछी उद्योग बाणीज्य संघ रोल्पाको हलमा औपचारीक कार्याक्रम गरि समापन गरिएको थियो ।
0 comments:
Post a Comment