रोल्पा, कार्तिक २५, विद्यालयबाट एस एल सी पासको प्रमाण पत्र नपाएपछि विद्यालयको प्राङ्गनमा नै एक छात्रा बेहोस भए्की छिन । रोल्पा जिनावाङ निवासी निर्मला कुमारी घर्ती ३ दिन अगाडी देखी विरेन्द्र उच्च माद्यामीक विद्यालय नाउली जिनावाङमा प्रमाण पत्र लिनका लागी धाइ रहेकी थिइन । कार्तिक २५ गते विद्यालय ब्यवस्थापन समिती र चार दलिय मोर्चा विचको वार्ता सफल भएपछि प्रमाणपत्र पाउने आशामा बसेकी छात्रा वार्ता असफल भएको र ताला नखुुल्ने र आफुले प्रमाणपत्र नपाउने पक्का भएपछी रुदै कराउदै गर्दा श्री विरेन्द उच्च माद्यामिक विद्यालय नाउली जिनावाङ ६ रोल्पाको प्राङ्गनमा साझ ६ः ३० बजे बेहोस भएकी हुन ।
विद्यालयबाट प्रमाण पत्र पाउने आशामा बसेकी छात्रा घर्ती २०७१ सालमा संचालन भएको पुरक परिक्षाबाट पास भएकी थिइन । दाजु राम कुमारले प्रमाण पत्र लिएर काठमाण्डौ आउन भनेको र ढिला गरेमा पढाइको लागी रजिस्टेशन फारम छुट्न जाने हुदा छिटो आउन भनिरहेको जनाइएको छ । उता साझ े सम्म होसमा नआएकी छात्रालाइ छलफलमा उपस्थीत चारदलिय मोर्चा , विद्यालय ब्यवस्थापन समिति सदस्य, नेपाली काग्रेस सम्बद्ध नेता तथा स्थानिय वासीले उपचारको लागी स्थानिय मेडिकलमा लगीएको थियो । छात्राको होस छ घण्टा पछि मात्र आएको उपचारमा संलग्न अहेव ले बताए
रोल्पा जिनावाङ स्थीत श्री विरेन्द्र उच्च माद्यामिक विद्यालय नाउलीमा गएको कार्तिक १७ गते देखी विद्यालय प्रशासनमा ताला बन्दी गरिएको छ । विद्यालयमा सह लेखापाल छनौट प्रक्रियामा छनौट समितीले अनियमितता गरेको र विद्यालयमा कार्यरत वालविकास कार्यक्रता अर्को विद्यालयमा पठाउदा कान्छो नियूक्तिको आधारमा नपठाइ जेष्ठ नियुक्तिलाइ पठाउन निर्णय गरेको लगाएतको निर्णय विरुद नेकपा एमाले, एनेकपा माओवादी, राप्रपा नेपाल, नेकपा माओवादी संलग्न भएको चारदलिय मोर्चाले ताला लगाएको थियो ।
पटक पटकको चार दलिय मोर्चा र विद्यालय ब्यवस्थापन समिती विचको वार्ता असफल भएपछि विद्यालय प्रशासन कक्षमा लगाइएको ताला अहिले सम्म खुलेको छैन । भने असन्तुष्ट पक्षले जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत गरेको जनाएका छन ।
विद्यालय प्रशासनमा ताला लगाइए पनि विद्यार्थिको पठन पाठन भइरहेको प्र अ कोमल राज डाँगी ले जानकारी दिनुभयो ।

0 comments:
Post a Comment