Breaking News
Loading...
Thursday, February 5, 2015

Info Post
एकिकृत अखिल नेपाल शिक्षक संगठन जिनावाङ स्रोत केन्द्र अन्तरगतको भेला
जिनावाङ १ सुखाओढारमा सम्पन्न भएको छ । एकीकृत अखील नेपाल शिक्षक संगठन
जिल्ला कार्यसमिती उपाध्यक्ष मोहन ढकालको संयोजकत्वमा बसेको भेलामा
जिनावाङ, पाखापानी, राँक गाबिसमा कार्यरत एकिकृत अखील नेपाल शिक्षक संगठनमा
आस्थावान शिक्षकहरुको उपस्थीती रहेको थियो ।
उपस्थीत भेलाले एकिकृत अखिल नेपाल शिक्षक संगठनमा आस्थावान सबै शिक्षक हरुलाइ
सदस्यता बितरणमा तिब्रता दिने, फाल्गुन २ गते सुसम्पन्न हुन गइरहेको जिल्ला
भेलामा भब्य र सब्य ढंगले सफल पार्न सहयोग गर्ने निर्णयको साथै जिनावाङ
स्रोत केन्द्र स्तरीय एकिकृत अखिल नेपाल शिक्षक संगठन कार्यसमिती समेत चयन
गरिएको छ ।
जिनावाङ स्रोत केन्द्र स्तरीय एकिकृत अखिल नेपाल शिक्षक संगठनको कार्यसमितीमा
भरत केसीको अध्यक्षतामा ९ सदसिय कार्यसमिती समेत चयन गरिएको छ । जसको
उपाध्यक्षमा राजेन्द्र कुमार के सी, सचिव टोप बहादुर केसी, सहसचिव वस कुमारी
वली, कोषाध्यक्ष राजेन्द्र राणा, सदस्यहरुमा रमेश कुमार बि.क , तुलसा वली,
दिपक कुमार के सी , राजेन्द्र कुमार घर्ती रहनु भएको छ ।
शहिद दिवसको अवशर पारी तय गरिएको भेलामा जिल्ला कार्यसमिती उपाध्यक्ष मोहन
ढकाल, जिल्ला कार्यसमिती सदस्य लक्ष्मी कुमारी केसी, क्षत्रिय उपाध्यक्ष धर्मराज
डागी, क्षेत्रीय सदस्य हरी खड्का, आमन्त्रीत शेरवहादुर वली लगाएतको उपस्थीती
रहेको त्यहाबाट नवनिर्बाचित कार्यसमिती सचिब टोप बहादुर केसीले जानकारी
दिनुभएको छ ।

0 comments: